सहमतिबाटै गतिरोध अन्त्य गर्न मुनको आग्रह

३० मंसिर २०६९, शनिबार १३:१५ मा प्रकाशित

काठमाडौं, ३० मंसिर । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले राजनीतिक दलहरुले राष्ट्रका लागि दलीय एजेन्डालाई पन्छाएर गतिरोध अन्त्यका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन् । नेपालका विषयमा उनले जारी गरेको वक्तव्यमा भनिएको छ, सहमतीय सरकार गठन गर्न ढिलाइ गर्न हुदैन ।
महासचिव मुनले नेपालको राजनीतिक गतिरोधप्रति गहिरो चासो देखाउँदै दलहरुलाई ुराष्ट्रिय स्वार्थका लागि दलीय मतभेद अन्त्यु गर्न आग्रह गरेका हुन्। उनले अर्को चुनावका लागि सबै पक्षलाई वातावरण तयार गर्नसमेत आग्रह गरेका छन्।
उनले सबैलाई बृहत शान्ति सम्झौतालाई स्मरण गरी नेपाली जनताको उपलव्धीहरुलाई जोगाउनसमेत आग्रह गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक(आईजीपी)

जनकपुरधाम।नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन अनिश्चत बनेको छ । प्रदेश अधिवेशनको उद्घाटन भएको ४ दिन भइसक्दा पनि सबै जिल्लाबाट अधिवेशन

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

आजको प्रमुख समाचार