छैंठौ राष्ट्रिय खेलकुदमा अपारदर्शिता आंशकामा लेखाको छानविन

१२ चैत्र २०६८, आईतवार १५:१० मा प्रकाशित

काठमाडौ, १२ चैत । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले छैठौ राष्ट्रिय खेलकुदका क्रममा भएको पेश्की यही २० गतेभित्र फस्र्याैट गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिएको छ । समितिले चैत्र २५ गतेभित्र समिक्षात्मक रिपोर्ट समितिमा पठाउन भनेको सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो । छैठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा आर्थिक अनियमितता भएको भन्ने गुनासोका सम्बन्धमा छलफलपछि लेखाले प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । बैठकमा उपस्थित खेलकुद मन्त्रालयका अधिकारीहरुले भने कुनै अनियमितता नभएको दावी गरेका थिए । राष्टिय खेलकुद पषिदका सदस्य सचिव युवराज लामाले पूर्वाधार निर्माण प्रक्रिया जारी रहेको अबस्थामा भ्रष्टाचार भएको आरोप लगाएर अतिरञ्जित कुरा गरेको दावी गर्नुभयो । छैठौ राष्ट्रिय खेलकुदका क्रममा व्यापक आर्थिक अनियमितता भएको तथा निर्माण भएका पूर्वाधार मापदण्ड विपरित रहेका सभासदहरुले आरोप लगाएका थिए । छैठौ राष्टिय खेलकुदका लागि सरकारले भौतिक संरचना निर्माणका लागि चार करोड १७ लाख तथा खेलकुद सम्पन्न गर्न गरी २१ करोडसहित २५ करोड छुट्टयाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ