‘सहमतिको बाधक बन्नेहरु सकिने’

३० मंसिर २०६९, शनिबार १३:०८ मा प्रकाशित

डडेल्धुरा, ३० मंसिर । नेकपा एमाले सचिव एवम पुर्व सञ्चारमन्त्री शंकर पोखरेलले तत्काल सहमति नगरे माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुरामको हविगत पनि पूर्वराजा ज्ञानेन्द्रको जस्तै हुने चेतावनी दिएका छन् ।
नेकपा एमाले डडेल्धुराको ७ औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा पोखरेलले सहमतिको बाधक बनेकाले माओवादीको समाप्त हुने दिन आएको दावी गरेका हुन् ।
माओवादीले संविधानसभाको चुनाव पनि नचाहेको र सहमति पनि गर्न नचाहेको आरोप लगाउदै पोखरेलले सत्ता लम्वाउन माओवादीले मंसिर ७ मा निर्वाचनको मिति तोकको बताए । अबको पाँच दिनमा पनि सहमति हुन नसके एमालेले सडक आन्दोलन गर्ने र सडक आन्दोलनको फैसला माओवादीले मान्न तयार रहनुपर्ने पोखलेलको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने