जागिर लगाउने भन्दै ठगी गर्ने प्रहरी नियन्त्रणमा

३० मंसिर २०६९, शनिबार १३:०२ मा प्रकाशित

बर्दिया, ३० मंसिर । नेपालको प्रहरी सेवामा रोजगारी लगाईदिने भन्दै सर्वसाधरण युवासंग पैसा ठगी गरेको अभियोगमा बर्दियामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गतवर्ष भर्ना खुलेको बेला प्रहरीमा जागिर लगाइदिने भन्दै दुई जनाबाट २ लाख ८३ हजार रुपैयाँ लिने बर्दिया पशुपतिनगर ९ का ४७ वर्षिय मदनसिंह नेगीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको हो ।
नेगीसंगै मिलेर ठगी गर्ने धनबहादुर चन्दलाई यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले मंसिर २२ गते पक्राउ गरिसकेको छ । उनीहरुले पशुपतिनगरका १ का टिकुराम चौधरी र पाताभारका २ का वीरबहादुर चौधरीसंग पैसा लिएका थिए ।
पीडितले प्रहरीमा उजुरी दिएपछि उनीहरु पक्राउ परेका हुन् । बर्दियामा पक्राउ परेका नेगीलाई काठमाडौ पठाउने बर्दियाका प्रहरी प्रमुख रामकृपाल शाहले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार