तिब्बतका १७ हजारभन्दा बढी व्यक्तिलाई शानन शहरमा स्थानान्तरण गरिने

१३ असार २०७९, सोमबार १८:२० मा प्रकाशित

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती अधिकारीले बताएका छन् ।

मानिसहरूको जीवनस्तर उकास्ने र पठार क्षेत्रको कमजोर पारिस्थितिक प्रणालीको संरक्षण गर्ने स्थानीय कार्यक्रम अन्तर्गत उनीहरूलाई स्थानान्तरण गर्न लागिएको हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको गरिबी निबारण कार्यक्रमले विकासको पूर्वाधार पुर्याउन कठिन हुने उच्च हिमाली क्षेत्रको पातलो बस्तीलाई एकिकृत बस्ती बनाई उनीहरूलाई आधुनिक जीवनशैली विकास गर्ने नीति अन्तर्गत चीनमा हजारौँ मानिस लाभान्वित बनेका छन् ।

आगामी डेड महिनामा समुद्री सतहभन्दा ४,५०० मिटरमाथिको औसत उचाइ भएका ठाउँहरूबाट स्थानीयहरूलाई तीन हजार ६०० मिटरको उचाइ रहेको शानन शहरमा ल्याइनेछ ।

उनले भने, “स्थानान्तरण योजनाले पर्यावरणीय सुरक्षा र उत्तम जीवनको मानिसहरूको दुबै मागलाई ध्यानमा राख्दै जन–केन्द्रित विकास विचार प्रतिबिम्बित गर्छ ।”

यस क्षेत्रको समग्र तिब्बतको एक सयभन्दा बढी शहरमा सञ्चालित स्थानान्तरण योजनाले आठ वर्षमा एक लाख ३० हजार नागरिकको जीवनयापनलाई परिवर्तन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

बग्दाद, एएफपी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे