अत्याधुनिक प्राविधिक प्रशिक्षण केन्द्र स्थापना

३० मंसिर २०६९, शनिबार १२:५८ मा प्रकाशित

काठमाडौ, ३० मंसिर । नेपालका युवालाई सीपमूलक तालिम दिई दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले गोलढुङ्गा गाविसको लोलङमा अत्याधुनिक प्राविधिक प्रशिक्षण केन्द्र स्थापना भएको छ ।
क्षेत्रको सक्रियतामा स्थापित जि–फोर्स प्राविधिक प्रशिक्षण केन्द्रमा सुरक्षा तालिम, हाउस किपिङ, प्लम्बिङ, स्काफोल्डिङ, वाइल्डिङ, हाउस वाइरिङ, सिकर्मी, डकर्मीलगायतका सीपमूलक तालिम दिइनेछ । यस केन्द्रले वार्षिक करिब ५०० दक्ष प्राविधिक उत्पादन गर्ने लक्ष्य लिएको छ ।
प्रशिक्षण केन्द्रमा आज आयोजित कार्यक्रममा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमल नयनाचार्यले केन्द्रको उद्घाटन गर्नुहुँदै देशका युवा शक्ति विदेश पलायन भइरहेको समयमा यसरी प्राविधिक सीप दिएर स्वदेशमै रोजगारी उपलब्ध गराउने कार्य उत्तम भएकाले यसलाई सबैले प्रोत्साहित गर्नु पर्ने बताउनुभयो ।
सो केन्द्रका कार्यकारी अध्यक्ष प्रमुख सेनानी (अप्रा) जयन्द्रवीरसिंह बस्न्यातले सीपको अभावमा रोजगारी नपाई विकृतिमा फसेका युवा र सीप नभएकै कारण न्यून पारिश्रमिकमा काम गर्न बाध्य जनशक्तिलाई दृष्टिगत गरी सबै पक्षको सहयोगमा प्रशिक्षण केन्द्र स्थापना गरिएको उल्लेख गरे ।
कार्यक्रममा अर्थविद् डा.चिरञ्जीवी नेपालले मानव संशाधनको विकासबाट मात्र देशको विकास हुन्छ, प्राकृतिक संशाधनबाट मात्र हुँदैन भन्दै नेपालको कुल जनसङ्ख्याको ५७ प्रतिशत आर्थिकरुपमा सक्रिय उमेरका रहेको तर तिनलाई परिचालन गर्नेबारे देशमा कुनै भरपर्दो योजना नभएको स्थितिमा यस्ता सीपमूलक तालिम केन्द्रको अत्यन्तै ठूलो खाँचो रहेको बताउनुभयो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) का पूर्वउपाध्यक्ष इन्जिनियर सरोज देवकोटाले हाम्रो देशमा प्राविधिक काम विदेशीले गरिरहनु तर हाम्रा युवा भने हरेक दिन सयौंको सङ्ख्यामा लाम लागेर विदेशमा भेंडा चराउन गइरहनु ठूलो विडम्बना हो भन्दै यस्तो स्थितिमा यस प्रकारको प्राविधिक सीप केन्द्रको महत्व सधैं उच्च रहने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र