गुल्मीमा पनि पुग्यो राजस्व अनुसन्धानको अनुगमन

३० मंसिर २०६९, शनिबार १२:४८ मा प्रकाशित

गुल्मी, ३० मंसिर । कर छलीको आशङ्कामा गुल्मीमा पहिलोपटक राजस्व अनुसन्धान कार्यालयले व्यावसायिक फर्ममा छामा मारी अनुसन्धान सुरु गरेको छ ।
राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले सदरमुकाम तम्घासका तीन ठूला पसलमा छापामारी बिलबिजक नियन्त्रण गरको हो । टोलीले तम्घासका भुसाल ट्रेडिङ कन्सर्न, मृगेन्द्र सपिङ सेन्टर र न्यु विनोद किराना पसलमा छापामारी खरिद बिक्रीका महत्वपूर्ण कागजपत्र, बिल, खातालगायत नक्कली बिलसमेत नियन्त्रणमा लिएको हो ।
भुसाल ट्रेडिङ कन्सर्नले पञ्चकन्या, जगदम्बा, हुलास स्टीललगायतका कम्पनीका निर्माण सामग्री बिक्री गर्दै आएको छ । त्यस्तै मृगेन्द्र सपिङ सेन्टरले पोखरा नुड्ल्स प्रालि र एसटिसी कम्पनीका उत्पादन एवम् टुबोर्ग बियरलगायतका थोक सामग्री बिक्री गर्दै आएको छ । न्यु विनोद किराना पसल पनि चाउचाउ र बिस्कुट कम्पनीको थोक बिक्रेता हो ।
टोलीका सदस्य मातृका आचार्यले विशेष सुराकीका आधारमा तीन पसलमा अनुगमन निरीक्षण गरिएको जानकारी दिए । अनुगमनमा परेका तीनवटै पसल जिल्लाकै ठूला व्यावसायिक फर्म हुन् । वर्षमा अर्बौंको कारोबार हुने भए पनि राजस्व सङ्कलनमा अत्यन्त न्यून देखिने गरेकाले अनुगमन गरिएको टोलीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

झापा।जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै

तनहुँ। दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो

कञ्चनपुर।भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन

आजको प्रमुख समाचार