११ महिनामा ३४ अर्बभन्दा बढीको तरकारीजन्य वस्तु नेपाल भित्रियो

१३ असार २०७९, सोमबार १२:०३ मा प्रकाशित

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९ हजार रुपैयाँको तरकारीजन्य वस्तु आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको तरकारीजन्य वस्तु नेपाल भित्रिएको हो ।

सो अवधिमा नेपालले आलु मात्र ७ अर्ब ६३ करोड ५२ लाख ४ हजार रुपैयाँको आयात गरेको छ । उक्त मूल्यमा ३० करोड ५६ लाख ४७ हजार ३९६ केजी आलु नेपाल भित्रिएको छ ।

पछिल्लो ११ महिनामा ६१ करोड १५ लाख ९ हजार रुपैयाँको ४ करोड ५८ लाख १३ हजार ९३५ केजी गोलभेडा नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

सोही अवधिमा ५ अर्ब ६३ करोड ९० लाख २१ हजार रुपैयाँको १५ करोड ३८ लाख ५५ हजार ४१६ केजी प्याज नेपाल भित्रिएको छ ।

बितेको ११ महिनामा ९९ करोड ९३ लाख ९७ हजार रुपैयाँको ८६ लाख ८६ हजार ३६६ केजी लसुन नेपालले आयात गरेको छ ।

विभागका अनुसार उक्त अवधिमा २० करोड ७० लाख १५ हजार रुपैयाँको च्याउ, २८ करोड ५० लाख ८४ हजार रुपैयाँको फ्रोजन आलु, १७ करोड २९ लाख ७३ हजार रुपैयाँको अदुवा, ३ अर्ब ७३ करोड ४४ लाख ४४ हजार रुपैयाँको केराउ र ३ अर्ब ३० करोड ५७ लाख ६२ हजार रुपैयाँको चना नेपाल भित्रिएको छ । सोही समयमा नेपालले ४ अर्ब १५ करोड १५ लाख १२ हजार रुपैयाँको दाल आयात गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को