‘अब कृषि व्यावसायीकरणमा लाग्नु पर्छ’

३० मंसिर २०६९, शनिबार १२:४७ मा प्रकाशित

चितवन, ३० मंसिर । मुख्य सचिव लीलामणि पौड्यालले कृषिको व्यावसायीकरणमा लाग्न उद्योग व्यवसायीहरुलाई आग्रह गरेका छन् । चितवनमा भएको नेपाल अण्डा उत्पादक सङ्घको केन्द्रीय महाधिवेशनको उद्घाटन गर्दै मुख्य सचिव पौड्यालले कृषिलाई व्यावसायीकरण गरी नेपालमा नै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।
नेपालमा पर्याप्त उर्बर भूमि तथा स्रोतसाधन रहेकाले आधुनिक प्रविधि अपनाएर कृषिको विकास गर्न सकिए युवालाई विदेश पलायनबाट समेत रोक्न सकिने उनको तर्क थियो । पर्यटन व्यवसाय दोस्रो महत्वपूर्ण रोजगारी दिने र आर्थिक उपार्जन गर्न सकिने व्यवसाय भएकाले यसको विकासमा समेत जोड दिन उहाँले व्यवसायीहरुलाई आग्रह गरे । अहिले अधिकांश उद्योगधन्दा मरेजस्तै भएको उल्लेख गर्दै मुख्य सचिव पौडेलले बचेको पोल्ट्री ब्यवसायलाई बचाइराख्नु पर्छ भनेर पनि म चितवन आएको हूँ उनले थपे ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३१ बर्षे राजनीतिक इतिहासमा पहिलो पटक अध्यक्षसहित पदाधिकारीहरु पनि महाधिवेशनको निर्वाचन प्रक्रियाबाट चुन्ने

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

आजको प्रमुख समाचार