दाहाल र कोइरालाबीच भेटवर्ता

३० मंसिर २०६९, शनिबार १२:३९ मा प्रकाशित

 काठमाडौ, ३० मंसिर । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शुशिल कोइलाबीच आज विहान भेटवर्ता भएको छ। भेटवर्ता प्रचण्ड निवास लाजिम्पार्टमा भएको थियो ।
राष्ट्रिय सहमतिको सरकार र निर्वाचन लगायतका विषयमा सहमति जुटाउन दुई नेताबीच छलफल भएको हो छ । उनीहरुबीचको छलफलमा राष्ट्रपतिले दिएको समयसीमाभित्र निकास निकाल्न सहमत भएका छन् । प्रचण्ड र कोइरालाबीच विभिन्न विकल्पमा छलफल भएपनि कुनै सहमति भने हुन सकेन बुझिएको छ ।
सहमतीय सरकार निर्माणका लागि राष्ट्रपति रामवरण यादवले चौथो पटक थपेको ५ दिनको म्याद भित्र सहमति जुटाउने प्रयास स्वरुप दुई नेताबीच भेट भएको हो । राष्ट्रपतिले यसपटक थपिएको अवधिलाई अन्तिम बनाउन आग्रह गरेकाले नेताहरु थप सक्रिय भएका छन् । नेताहरुबीच अनौपचारिक छलफलहरुले तिव्रता पाएको छ । अनौपचारिक बैठकमा सहमति जुटेपछि त्यसलाई औपचारिक वार्ताबाट अनुमोदन गर्ने तयारी छ । राष्ट्रपतिले चौथो पटक थपेको म्यादको आज तेस्रो दिन हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार