अब चाहेर पनि बैशाखमा चुनाव हुन नसक्ने

३० मंसिर २०६९, शनिबार ०८:३२ मा प्रकाशित

काठमाडौं, ३० मंसिर । राजनीतिक सहमतिको खोजी जारी रहँदा प्रधानमन्त्रीले आगामी बैशाखमा निर्वाचन हुनैपर्ने अडानहरु सार्वजनिक गरिरहे पनि विपक्षी दल नेपाली कांग्रेस र एमालेहरुले त्यस्तो सम्भावना माथि आशंका व्यक्त गरेका छन् । प्राविधिक हिसाबले अहिलेकै अन्योल कायम रहेका बैशाखमा चुनाव सम्भव नहुने कांग्रेस र एमालेका नेताहरुको भनाई रहेको छ । निर्वाचन आयोगले पनि दलहरुबीच सहमति अनिश्चित बन्दै जाँदा त्यसको असर चुनावको तयारी कार्यमा पर्ने र निर्वाचन पछि सर्ने संकेत गरिसकेको छ ।
निश्चित दिन नतोकी बैशाखमा अर्को संविधानसभा चुनाव गराउने निर्णय लिएका प्रधानमन्त्री बाबुराम भट्टराईले बैशाखमा चुनाव हुने निश्चित भए आफू पद त्याग्न तयार रहेको धारणा अप्रत्यासित रुपमा सार्वजनिक गर्न थाल्नुलाई बेग्लै रहश्यको पाटोबाट हेर्न थालिएको छ । प्रधानमन्त्रीको उक्त धारणा सार्वजनिक भएलगत्तै कांग्रेस र एमालेका नेताहरुले बैशाखमा चुनाव गर्न सकिनेमा आशंका व्यक्त गरेका हुन् । एमाले नेता भीम रावलका अनुसार आजकै मितिबाट मूलभूत रुपमा काम सुरु गरेर अबको सात दिनमा सहमतिमा पुगियो भने पनि अब बैशाखमा निर्वाचन हुन सक्ने त अवस्था नै छैन ।
यस्तै नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले पनि बैशाखमा चुनाव गर्न अब समय अपुग हुनसक्ने धारणा प्रकट गर्दै भने, ‘संवैधानिक तथा कानूनी प्रावधानहरु पुर्याउनु पर्नेदेखि इलेक्सनबाट कति, समानुपातिकबाट कति सभासदको व्यवस्था गर्ने भन्नेलगायतका कुराहरु मिलाएर लैजानका लागि समयले साथ नदिने हुनाले सत्तामा रहेकाहरुले यसतर्फ ध्यान दिनु आवश्यक छ ।’
सरकारले यसअघि मंसिर ७ का लागि चुनावको घोषणा गरे पनि दलहरुबीचको असहमति, संवैधानिक एवम् कानूनी अडचन र निर्वाचन आयोगका अगाडि देखिएका कानूनी कठिनाइका कारण व्यर्थ हुन पुगेको थियो । आयोगका कार्यवाहक प्रमुख दोलखबहादुर गुरुङले दलहरुबीच सहमतिमा ढिलाई भइरहे फेरि पनि कतिपटक चुनाव सर्ने हो टुंगो नभएको बताएका छन् । तर एमाओवादीका नेताहरुचाहिँ अझै पनि बैशाखमा चुनाव जसरी पनि हुने र त्यसमा ढिलाई गर्न नहुने धारणा राख्दै आएका छन् । चार महिना समय भए पर्याप्त तयारी गर्न सक्छौँ भनेर निर्वाचन आयोगले भनिसकेपछि आशंका किन गरिरहने भन्ने उनीहरुको तर्क छ । तर, संविधानमा संशोधन, निर्वाचन कानूनमा परिमार्जन, निर्वाचन आयोगमा नियुक्ति, निर्वाचन सामग्रीहको खरिद र ढुवानी, निर्वाचनसम्बन्धी करिब अढाइ लाख कर्मचारीहरुलाई तालिम र व्यवस्थापन जस्ता प्राविधिक विषय थाती रहेकोे अवस्थामा वैशाखमा चुनाव गराउन समय अभाव हुनसक्ने विश्लेषण गर्नेहरुको संख्या पनि धेरै छ र यो यथार्थ पनि हो । कसैले चुनाव गराउँछु भन्दैमा चुनाव भइ हाल्ने स्थिति नरहेको र दलहरुबीच सहमतिको सम्भावना पनि पर–पर घचेटिएको परिवेशमा मुलुक अब कुन दिशामा जाने हो, यसै भन्न नसकिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

जनकपुरधाम।नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

आजको प्रमुख समाचार