अमेरिकाको कनेक्टिकटमा भएको त्राशदीपूर्ण गोलि प्रहारबाट २० स्कुले विद्यार्थीसहित २८ जनाको मृत्यु

३० मंसिर २०६९, शनिबार ०६:२८ मा प्रकाशित

पुरुषोत्तम ढकाल, भर्जिनिया, ३० मंसिर । अमेरिकाको कनेक्टिकटमा एक बन्दुकधारीले गरेको त्राशदी पूर्ण गोलि प्रहारबाट २० स्कुले विद्यार्थी सहित २८ जनाको घटनास्थलमै मृत्यु भएको छ । बन्दुकधारी २० बर्षीय एडाम लान्जाले अमेरिकी समय अनुसार बिहानीको ९:३० बजे विद्यालयको कक्षा कोठामा प्रवेश गरि लगातार सयौ गोलि प्रहार गरेका थिए । अमेरिकी इतिहाँसमै ठुलो मानिएको यो त्राशदी पूर्ण सामुहिक हत्याका योजनकारले विद्यालयको कक्षा कोठामा लगातार सयौ गोलि प्रहार गरेको घटनाका प्रत्यक्ष  दर्शीहरुको भनाइ छ । अमेरिकी समय अनुसार शुक्रबार ९:३० बजे कनेक्टिकट स्थित न्युटनको सैंडी हुक एलिमेन्टरी स्कूलमा भएको त्राशदी पूर्ण गोलि काण्डमा २८ जनाको मिर्त्यु भएको छ । हत्यारा २० बर्षीय एडाम लान्जाकि आमा सोहि विद्यालयकी शिक्षिका रहेको तथ्य सार्वजनिक भएको छ । घटना लगत्तै राष्ट्रपति ओवामाले भनेका छन, हरेक अभिभावक जस्तै उनि यो स्तब्ध पार्ने घटनाले अत्यन्तै दुखि भएका छन् ।’ यो त्राशदी पूर्ण घटना संगै अमेरिकामा आफ्नो सुरक्षार्थ बन्दुक राख्न पाउने कानुनि प्रावधान माथि औपचरिक बहस सुरु भएको छ । यस अघि गत जुलाइमा कोलोराडोका एक बन्दुक धारीको गोलि प्रहारबाट १२ व्यक्तिको सामुहिक हत्या भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

पोखरा । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको

काठमाडौं । कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला । राप्रपा राजनीतिमा लामो

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुने

आजको प्रमुख समाचार