लुम्बिनीको विकासको लागि श्रीलङ्कन सहयोग बृद्धि हुने

३० मंसिर २०६९, शनिबार ०५:५२ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ३० मंसिर । भगवान बुद्धको पवित्र स्थल लुम्बिनीको प्रवद्र्धन र विकासको लागि श्रीलंकन सरकारले हाल दिइरहेको सहयोगलाई जारी राख्दै आवश्यक्ता अनुसार वृद्धि गर्दै लैजाने बताएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै श्रीलंकन संसदका सभामुख चमल राजापाक्षले सो कुराको जानकारी गराएका हुन् । लुम्बिनीस्थित श्रीलंकन मन्दिरमा थेरावाद बुद्धिस्ट इन्स्टीच्युटको उद्घाटन गर्न आएका सभामुख राजापाक्षले श्रीलंकन जनता र नेपाली जनताबीच बुद्धिज्म नाता रहेको पनि बताए । उनले नेपाल र श्रीलंकन जनता तथा दुईदेशीय ऐतिहासिक सम्बन्ध अझै प्रगाढ बनाउन श्रीलकंन सरकार तथा संसद सधैं अग्रसर रहेको पनि बताए ।
थेरावाद बुद्धिस्ट इन्स्टीच्युटको उद्घाटन सत्रमा नेपालका १० जना बालबालिकाहरुलाई भीक्षु पनि बनाइएको थियो ।
उक्त कार्यक्रममा श्रीलकंन महाविरा परिबन एकाडमीका निर्देशक भन्ते अशोक थेरो, नेपाल सरकारका वातावरण विज्ञान र प्रविधिमन्त्री केशवमान शाक्य, कशाई टोकिसन, लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा साङ्वो शेर्पा, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेल, पर्दिना विश्विद्यालय श्रीलंकाका प्रोफेसर डा.एचडी, विकास कोषका सुनिल दाहाल तथा अन्य कर्मचारी र नवभिक्षुका अविभावहरुसहितको बाक्लो उपस्थिीति रहेको थियो ।
यसैबीच लुम्बिनी विकास कोषको क्षेत्रभित्र रहेको श्रीलंकन सरकारको प्रत्यक्ष लगानीमा सञ्चालित श्रींलकन गेष्ट हाउस पनि अब छिट्टै सञ्चालनमा ल्याउने पनि राजापाक्षले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

तेह्रथुम । माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

आजको प्रमुख समाचार