समाजवादीका मन्त्रीहरूले पार्टीमा बुझाए नयाँ मन्त्रीको नामावली

११ असार २०७९, शनिबार १७:०० मा प्रकाशित

काठमाडौँ।नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले पार्टीले यसअघि सिफारिस गरे भन्दा फरक सांसदहरूलाई मन्त्री बनाउनु पर्ने प्रस्ताव अगाडि सारेका छन् ।

उनीहरूले निरा जैरु, कृष्णलाल श्रेष्ठ, धनबहादुर बुढा र हिरा केसीलाई मन्त्री तथा मुगुका गोपाल बमलाई राज्यमन्त्री बनाउनुपर्ने नयाँ प्रस्ताव पार्टीमा पेस गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

समाजवादीको सचिवालयले यसअघि अहिले रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ नाम सिफारिस गर्ने निणर्य गरेको थियो । सचिवालयले हालका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्रीमा बढुवा गर्ने तथा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम मन्त्री र हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

यस निणर्यप्रति अहिलेका मन्त्रीहरू असन्तुष्ट रहेका थिए । उनीहरुले थप समेत १० जना सांसदको हस्ताक्षर पार्टी नेतृत्वलाई बुझाउँदै संसदीय दलको बैठक बोलाउन माग गरेका थिए । त्यसपछि आज बसेको बैठकमा उनीहरूले नयाँ सूची पेश गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार