लुम्बिनी पर्यटन महोत्सवमा अपेक्षित ब्यापार भएन

२९ मंसिर २०६९, शुक्रबार २२:४८ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही २९ मंसिर । भैरहबामा संञ्चालित लुम्बिनी पर्यटन महोत्सब कृषि तथा राष्टिय औद्यौगिक ब्यापार मेलाको छैठौ दिनसम्म  पनि  ब्यापारमा  सुन्यता भएको ब्यारीहरुको भनाई छ । ब्यापारीले  स्टल राखे पनि   स्टल राखेको  ठाउँको भाडा तिर्नसमेत समस्या भएको बताएका छन्  । प्रर्दशनिमा स्टल राखेकी बिना जिसीका अनुसार जाडोको मौसममा राम्रो कपडाको ब्यापार हुने लक्ष्य राखेर ४ बटा स्टल बुकिङ गरेकोमा  ब्यापारले स्टलको भाडा तिर्न नै समस्या हुने अवस्था निम्तिएको छ  । त्यसैगरी गुल्मी अर्गानिक कफीका दिवस रोक्काले  कफीको राम्रो ब्यापार हुने आशा गरेका थिए तर नतिजा ठ्याम्मै उल्टो देखिएको बताए । मुल आयोजक समितिका   संयोजक  बिष्णु शर्माले भने मेलाके आयोजना ब्यापारको लागी भन्दा प्रचारप्रसारको लागी भएको बताए ।
सामान खरिदका लागि भारतिय बजार सुनौलिमा जानेहरुलाई नेपालमा  पनि  सस्तो  सामान पाईन्छ भन्ने जानकारी गराउने उदेश्यले मेला आयोजना गरिएको उनको कथन थियो । ब्यापार पनि  सन्तोषजनक  नै भएको देखिन्छ  भन्दै उनले चित्त बुझाउन खोजे ।  मेलाको छैठौ दिन शुक्रबार सम्ममा करिब ७ करोडको कारोबार र ७० हजारले अबलोकन
गरेको दाबी आयोजक समितिले गरेको छ  ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा

आजको प्रमुख समाचार