बालकको अपहरण गरी हत्या गर्नेलाई ७८ वर्ष कैद सजाय

२९ मंसिर २०६९, शुक्रबार २२:३२ मा प्रकाशित

काठमाडौं, २९ मंसिर ।  दुई बर्षअघि नेपालगञ्जका बिद्यार्थीद्वय कपिल दुवेदी र लिलाधर भट्टको अपहरण गरी १० लाख फिरौती लिएर पनि हत्या गर्ने मेराज अहमद साईलाई बाँके जिल्ला अदालतले सर्वस्वसहित ७८ बर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायधीश शेखरप्रसाद पौड्यालको इजालासले अपहरणमा संलग्न अन्य आठ अभियुक्तलाई पनि ७८–७८ बर्ष कैद तोक्नुका साथै पीडित परिवारलाई १ लाख क्षतिपूर्ति र १० लाख फिरौती भराउने फैसला गरेको छ ।  मेराजलाई दुई बालकको अपहरण र हत्यामा संलग्नत भएको ठहर गर्दै अदालते प्रति व्यक्ति ३९ वर्षका हिसाबले ७८ बर्ष कैद तोकेको हो । मेराजका सहयोगीहरु इब्राईम मनियार, रज्जाब अलि शेख, नाजिर खाँ, राजितराम बर्मा, रामशोभित बर्मा, कैलाश गडरियालाई पनि उत्ति नै बर्ष कैद तोकिएको हो । अपहरण र हत्याका सहयोगी प्रहरी हवल्दार साकिर अलि बेहनालाई भने २२ बर्ष मात्र कैद सजाय तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो