सरकारले घटायो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ?

११ असार २०७९, शनिबार १२:५१ मा प्रकाशित

काठमाडौँ ।सरकारले पेट्रोलको २० र डिजेलको २९ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ । शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले मूल्य घटाउने घोषणा गरेका हुन् ।

उनका अनुसार सरकारको निर्णयसँगै पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम हुने भएको छ । हाल पेट्रोलको मूल्य १९९ रुपैयाँ रहेको छ । यस्तै डिजेलको मूल्य हाल १९२ रुपैयाँ रहेकामा अब २८ रुपैयाँ घटेर १६३ रुपैयाँ कायम गरिएको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

अत्यावश्यक वस्तुहरुको मूल्यको वृद्धिका कारण सर्वसाधारण जनता मारमा गरेको भन्दै मन्त्री बडुले यस संवेदनशील अवस्थाप्रति सरकार गम्भीर र संवेदनशील हुँदै मूल्य घटाइएको बताए । नेपाल सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको केही करलाई कटौती गरेर मूल्य घटाउने सहमति भएको उनको भनाइ छ । शनिबार बिहान बसेको शीर्षस्थ नेताहरुको बैठकले मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

महेन्द्रनगर । पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन । भारतका