मधेशी दललाई बैशाखी बनाएर एमाओवादीले वितन्डा मञ्चायोः खनाल

२९ मंसिर २०६९, शुक्रबार १८:४६ मा प्रकाशित

कपिलवस्तु, २९ मंसिर । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मधेशी केन्द्रीत दलहरुलाई बैशाखी बनाएर एमाओवादीले मुलुकमा वितन्डा मञ्चाइहरेको आरोप लगाएका छन् । उनले मधेशवादी दलको आडमा अन्य दलहरुलाई लत्याउँदै माओवादीले मुलुकमा एकलौटी रुपमा शासन गर्न खोजेको आरोप पनि लगाए ।
नेकपा एमाले कपिलवस्तुको आठौ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष खनालले मुलुकलाई निकास दिन सरकारबाट राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्नुको साटो मधेशवादी दलको बैशाखी टेकेर माओवादीले एमाले र नेपाली काँग्रेसलाई सहमतिको नाममा झुक्याउंदै आएको आरोप लगाएका हुन ।
आफु लगायत नेपाली काँग्रेस समेत लगातार सहमतिको सरकारको पक्षमा रहे पनि विभिन्न बहाना खोजेर माओवादीले सहमति गर्न नखोजेको खनालको भनाई थियो । खनालले राष्ट्रपतिले राष्टि«य सहमतिको सरकार गठनका लागि दिएको ३ पटकको समय सीमा सकिन लाग्दा समेत सहमतिको सरकार गठनका लागि माओवादी नै बाधक बन्दै आएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले एकलौटी गर्न खोज्दा रौतहटमा तनाव भएको छ। देउवा समूहका सभापति कृष्ण यादव र

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भइरहेको प्रदेश अधिवेशनको मतदानका क्रममा विवाद भएको छ । १ नम्बर प्रदेशको

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि