‘सहकारीमा ठुलो समस्या आउन सक्छ’

२९ मंसिर २०६९, शुक्रबार १७:१३ मा प्रकाशित

काठमाडौं, २९ मंसिर । सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले सहकारी शंकाको घेराभित्र रहेको बताएका छन् । केही सहकारी संस्थामा समस्या रहेकाले सम्पूर्ण सहकारीनै शंकाको घेरमा रहेको उनले बताएका हुन् । उच्चस्तरीय सहकारी सुदृढीकरण राष्ट्रिय समितिले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा रजिस्ट्रार न्यौपानेले सो कुरा बताएका हुन् ।
‘पछिल्लो समयमा सहकारीमा समस्या बढेको अवश्य हो,’ रजिस्ट्रार न्यौपानेले भने, ‘यसलाई बेलैमा नियन्त्रण गर्न सकेन भने ठूलो समस्या आउन सक्छ ।’ सहकारीले अनुत्पादित घर–जग्गामा लगानी गरेका कारण समस्यामा आएको उनको भनाइ छ । ‘अनुगमन गर्दा सहकारी मूल्य, मान्यता, सिद्धान्त, ऐन, मापदण्ड लत्याउने सहकारी धेरै भेटिएका थिए,’ उनले भने, ‘नियमविपरीत चल्ने सहकारीलाई कारबाही गर्नेछौँ ।’ सहकारीमा जम्मा भएको निक्षेप, लगानीको यथार्थ तथ्यांक विभागसँग नभएको समते रजिस्ट्रार न्यौपानेले बताए । सहकारी क्षेत्रमा बढी ब्याजको प्रलोभन देखाएर जथाभाबी निक्षेप संकलन गर्ने कार्य बढेकाले यसलाई तत्काल रोक्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले उच्चस्तरीय सहकारी सुदृढीकरण राष्ट्रिय समितिले काम सुरु गरेको बताए । सहकारी सिद्धान्त, ऐन, नियम र आचारसंहिता पालन नगर्ने सहकारीमा सहकारी विभाग र आन्दोलनले संयुक्त रूपमा अनुगमन गरेर संस्थालाई सदृढ बनाउने उनले बताए । ‘समस्यामा रहेका संस्था र सहकारी विभागले अनुगमन गर्दा पनि नियमविपरीत चलिरहेको पाइएकामा विशेषज्ञ टोली पठाएर अनुसन्धानद्वारा यथार्थ स्थिति पत्ता लगाइन्छ,’ बडालले भने, ‘त्यस्ता सहकारी सञ्चालकलाई बोलाएर छलफल गरी समस्या समाधानको उपाय पत्ता लगाउने छौँ ।’ सहकारी क्षेत्रको सुधारका लागि राष्ट्रिय सहकारी नीति र ५ वर्षे सहकारी रणनीति तत्काल लागू गर्ने माग गरिएको बडालले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

आजको प्रमुख समाचार