पाँच कुइन्टल भन्दा बढी गाँजा सहित एकजना पक्राउ

२९ मंसिर २०६९, शुक्रबार १७:०० मा प्रकाशित

धादिङ, २९ पुस । धादिङको भुमेस्थान गाविसको वडा नम्बर ९ पिपलछापबाट  प्रहरीले पाँच कुइन्टल भन्दा बढी गाँजा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी ५ सय ३० केजी गाँजासहित पक्राउ परेका रवि भनिने रजि कमरलाई सार्वजजिक गरेको हो ।
धादिङको बैरेनीबाट गएको प्रहरी टोलीले भुमेस्थान ९ पिपलछापबाट बिहीवार दिउँसो उक्त परिमाणको गाँजा सहित ४५ बर्षिय कमरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक विकासराज खनालले जानकारी दिए । कबरले घरमा अवैध लागू औषध गाँजा लुकाई छिपाई राखेको विशेष सुराकी पाएपछि घरमा खानतलासी गर्दा घरको माथिल्लो तल्लामा ५३ वटा साना ठुला बोरामा ५ सय ३० केजी अवैध लागू औषध गाँजा भेटिएको खनालले बताए ।
पक्राउ परेका कमरलाई जिल्ला प्रहरी कार्यालय धादिङमा मार्फत जिल्ला अदालतमा लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाहीको लागि पेश गरिएको छ । आवश्यक अनुसन्धान तथा कारवाहीका लागि अदालतबाट १० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार