सत्ताकेन्द्रीत राजनीतिबाट माथि उठन शीर्ष नेताहरुलाई वैद्यको सुझाव

२९ मंसिर २०६९, शुक्रबार १६:५२ मा प्रकाशित

काठमाडौं, २९ मंसिर । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले सत्ताकेन्द्रित राजनीतिबाट माथि उठेर मुलुकलाई निकास दिन शीर्ष नेताहरुलाई सुझाव दिएका छन् ।
सहमतिका लागि त्याग आवश्यक रहेको बताएका उनले भने, ‘दलहरुबीच कुर्सी केन्द्रित वार्ता भईरहेको छ ।’ काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले अहिलेकै अवस्थामा सहमति बन्न नसक्ने बताए ।
‘अहिले भईरहेका छलफल देश र जनताको हितमा भन्दा व्यक्ति र पार्टीको स्वार्थका लागि भएको छ,’ उनले भने । एजेन्डा विशेषमा केन्द्रित रहेर छलफल गर्न सरकार र दलहरुलाई अध्यक्ष बैद्यले आग्रह गरे । दलहरु बीच भएका वार्ता र सम्वादले छिट्टै निकास पाउनेमा आफू आशावादी रहेको अध्यक्ष बैद्यले बताए । उनले भने, ‘राष्ट्रपतिको आग्रह र दलहरु बीच भएका छलफलका कारण छिट्टै निकास आउनेमा म आशावादी देखिएको छु ।’
एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले दलहरुबीच सहमतीय सरकार बनाउन प्याकेजमै सहमति हुनु पर्ने बताए । उनले प्याकेजमा सहमति हुन नसके सम्म प्रधानमन्त्री बाबुराम भट्टराईले सरकार नछाड्ने बताए । कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले वर्तमान सरकारले मुलुकलाई दीर्घकाल सम्मका लागि असर गर्ने काम गरेको बताए । उनले प्रधानमन्त्री बाबुराम भट्टराईले देश र जनतालाई राहत भन्दा पनि दुःख दिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास