स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउन राप्रपा नेपालको माग

२९ मंसिर २०६९, शुक्रबार १६:४० मा प्रकाशित

काठमाडौं, २९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजनीतिक निकास दिन स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।
राप्रपा नेपालले आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले मुलुकलाई निकास दिन निर्वाचन आवश्यक रहेको बताए । निर्वाचनका लागि स्वतन्त्र व्यक्ति प्रधानमन्त्री आवश्यक रहेको बताएका उनले भने, ‘निष्पक्ष निर्वाचन गराउनकै लागि स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउनु पर्छ ।’
राष्ट्रपतिले सहमतीय सरकार बनाउँन चालेको कदम विवादास्पद र असंवैधानिक रहेको टिप्पणी गरेका अध्यक्ष थापाले मुलुकलाई निकास दिन प्रमुख ठूला दल असफल भएको बताए । उनले प्रमुख दलहरुले सहमतिका नाममा गर्ने निर्णयमा आफूहरुको समर्थन नरहने बताए ।
उनले राष्ट्रिय राजनीतिमा महत्व राख्ने निर्णय हुँदा राप्रपा नेपालको पनि समर्थन लिनुपर्ने उल्लेख गरे ।
पत्रकार सम्मेलनमा पुस–१ जनकपुर देखि हुने रथ यात्राका बारेमा जानकारी दिईएको थियो । राप्रपा नेपालले हिन्दू राज्यको माग गरेर पुस–१ गते देखि रथ यात्रा गर्दै छ । रथ यात्रा पुस–११ गते काठमाडौंमा आएर समापन हुने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने