नयाँ विकाल्पमा तोडफोड

२९ मंसिर २०६९, शुक्रबार १६:३५ मा प्रकाशित

काठमाडौ, २९ मंसिर । काठमाडौको अनामनगर स्थित नयाँ विकल्प साप्ताहिकको कार्यालयमा अपरिचित समुहले आजा राति तोडफोड गरेका छन् ।
पत्रिकाको कार्यालयको सटरमा लगाइएको चारवटै ताल्चा फुटाएर भित्र प्रवेश गरी कम्प्यूटर, टेवुल र न्यूज र्‍याकसमेत तोडफोड गरेको सम्पादक दामोदर दवाडीले जानकारी दिए ।
घटनाप्रति नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । महासंघले शुक्रबार विज्ञप्ति निकाली प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर र पत्रिकाका सम्पादकलाई हतोत्साहित बनाउने भन्दै यस्ता कार्यको कडा शब्दमा निन्दा र भत्र्सना गरेको जनाएको छ ।
महासंघले निकालेको विज्ञप्तिमा ‘राज्यको केन्द्रीय निकाय नजिकै पत्रिकाको कार्यालयमा तोडफोड हुँदासमेत प्रहरी प्रशासनले हमलाकारीहरुलाई अझै पक्राउ गर्न नसक्नु खेदजनक विषय हो’ भनिएको छ । घटनामा संलग्न समुहको तत्काल पहिचान गरी कडा कारबाही गर्न, तोडफोडबाट भएको क्षतिको क्षतिपूर्ति अविलम्ब उपलब्ध गराउन महासंघले सरकारसंग माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो