सेनामा जान नचाहने लडाकुलाई अझै पैसा दिएर बिदाई गरिने

२९ मंसिर २०६९, शुक्रबार १३:२९ मा प्रकाशित

काठमाडौ, २९ मंसिर । नेपाली सेनामा भर्नाका लागि छनौटमा भएका र तालिम समेत लिइहरे पनि यदी बिचैमा तालिम छाडेर अवकास लिन खोजे आझै पनि एक पटक मौका दिने माओवादी सेनाको रेखदेख, समायोजन र पुनःस्थापनासम्बनधी विशेष समिति बैठकले निर्णय गरेको छ ।
नयाँ बानेश्वरस्थित सचिवालयमा आज विहान बसेको समिति बैठकले यस्तो निर्णय गरेको हो । समायोजन रोजी भर्ना, छनोट परीक्षा उत्तीर्ण गरेर नेपाली सेनाको तालिममा सहभागी पूर्वलडाकुको बाहिरिने इच्छा व्यक्त गर्दै सचिवालयमा निवेदन दिए पछि यस्तो निर्णय गरिएको हो ।
निबेदन दिएका हरुले समायोजनपछि पाउने पद तय नभएको, स्वास्थ्य बिग्रेको र अन्य घरायसी कारण देखाउँदै स्वैच्छिक अवकाशमा जान पाउँ भनेका छन् । सेनामा भर्नाका लागि उत्तीर्ण ७१ अधिकृतसहित एक हजार चार सय ४२ लडाकुलाई मंसिर १० गतेदेखि सेनाले तालिममा पठाएको थियो ।
यसैगरी समितिले माओवादीका पूर्व लडाकु सहभागी हुने नेपाली सेनाको महानिर्देशनालय ४ हजार १ सय ७१ जनाको हुने स्पष्ट पारेको छ ।
बैठकले उपरथीको नेतृत्व रहने गरी ‘राष्ट्रिय राष्ट्र विकास, वन तथा पर्यावरण सुरक्षा तथा विपत ब्यवस्थान महानिर्देशनालय’ गठन गर्ने निर्णय गरेको हो ।
१ हजार ४ सय ६० माओवादी लडाकूमा अन्य सुरक्षा निकायबाट २ हजार ७ सय ११ जना थप गरि ४ हजार १ सय ७१ जना रहने गरी नेपाली सेनाभित्र महानिर्देशनालय गठन गर्ने निर्णय भएको समितिका प्रवक्ता एवं मुख्य सचिव लिलामणि पौडेलले जानकारी दिए ।
उपरथीको नेतृत्व रहने महानिर्देशनालयमा ४ जना सहायक रथी, ७ महासेनानी, प्राविधिक प्रमुख सेनानी ४ जना, लेखा प्रमुख सेनानी १ जना, सेनानी ७८ जना, सहसेनानी ९० जना र उससेनानी ४८ जना रहने छन् ।
समितिले विशेष समितिको म्याद २ महिना थप्न आग्रह गर्ने निर्णय गर्दै समितिको सचिवालयका संयोजक बालानन्द शर्माको नेतृत्वमा महानिर्देशनालय गठनका लागि सुझाव दिन ३ सदस्यीय समिति गठन गरेको छ ।
२ जना सदस्यपछि थप गर्ने मुख्य सचिव पौडेलले जानकारी दिए । विशेष समितिले स्वेच्छिक अवकाश रोजेर पनि रकम लिन नआएका ब्यक्तिलाई ३५ र ७० दिने सूचना जारी गरेर रकम लिन आउन आग्रह गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सप्तरी।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी-१ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताकाे टिममा

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको लाजिम्पाटस्थित पुरानो घर बेचेको भनेर केही सञ्चारमाध्यममा खबर आएपछि सचिवालयले स्पष्टीकरण

काठमाडौं ।पूर्वपञ्चहरूको पार्टी राप्रपा अहिले महाधिवेशनमा लागेको छ । एकताको महाधिवेशन बुधबारबाट सुरु भएको छ । आज पार्टीको विधान पारित

आजको प्रमुख समाचार