जनप्रतिनिधि नहुँदा विकास निर्माणका काम नभएको प्रधानमन्त्रीको स्पटोक्ति

२९ मंसिर २०६९, शुक्रबार १३:०९ मा प्रकाशित

काठमाडौ, २९ मंसिर । प्रधानमन्त्री डा.बावुराम भट्टराईले स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा विकासका कामहरु प्रभावकारी नभएको बताएका छन् ।
नियन्त्रण र निगरानी पनि कमजोर भएको भन्दै प्रधानमन्त्री भट्टराईले स्थानीय निकाय कमजोर भएको बताएका हुन् । काठमाडौ महानगरपालिकाको १८ औं स्थापना दिवसको अवसरमा भएको कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले असल शासन र भ्रष्टाचार कम गर्न महत्वपूर्ण भूमिका खेल्ने स्थानीय निकाय कमजोर हुनु दुखद भएको बताए ।
प्रधानमन्त्रीले भ्रष्टाचार मुक्त समाज बनाउने आफ्नो अभियानमा साथ दिन पनि आग्रह गरे । उनले ढल निकास, खानेपानी, फोहारेमैला ब्यवस्थापन मुख्य चुनौति भएको भन्दै काठमाडौलाई विश्वस्तरको सहर बनाउन जुट्न आग्रह गरे ।
महानगरपालिकाले ‘सफा काठमाडौ, हाम्रो काठमाडौ’, ‘विशेष सरसफाई वर्ष अभियान’ भन्ने नाराका साथ एक वर्षभरिको सरसफाईको कार्यक्रम घोषणा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति

सर्लाही।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको