जलविद्युतको मालबाहक ट्रक पल्टदा १ को मृत्यु, दुई वेपत्ता

१२ चैत्र २०६८, आईतवार १२:०९ मा प्रकाशित

लमजुङ, १२ चैत । लमजुङको चण्डीस्थान गाविस ८, बेलौतिविसौना नजिकै गएराति एक मालवहाक मिनी ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ । ट्रकमा सबार अन्य दुई जना वेपत्ता छन् । दुर्घटनामा लमजुङ भुलभुले गाविस ९, ताराचोकका ब्यापारी ३८ वर्षका युवराज अधिकारीको मृत्यू भएको प्रहरीले जनाएको छ । प्रहरीले अधिकारीको सव मस्र्याङ्दी किनारमा फेला पारेको हो ।  उत्तरी लमजुङको बाहुनडाँडामा निर्माणाधिन सिउरी खोला सानो जलविद्युत आयोजनाको ईलेक्ट्रोनिक सामान र केही खाद्यवस्तु वोकेर सदरमुकाम बेसीसहरबाट भुलभुलेतर्फ जाँदै गरेको बा १ क ८१६५ नम्बरको स्वाराज माज्दा ट्रक बेसीसहर–चामे सडकखण्डको बेलौतीविसौना भन्ने स्थानमा दुर्घटना भएको हो । सडकवाट झण्डै १ सय मीटर तल मस्र्याङ्दी नदी किनारामा खसेको ट्रकका चालक र सहचालक भने बेपत्ता छन् ।   काठमाण्डूका बस्ने आएका चन्द्रवहादुर लामा र अर्का नम नखुलेका सहचालक भने अझै बेखबर छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ