‘तत्काल निकासको सम्भावना छैन’

२९ मंसिर २०६९, शुक्रबार १३:०३ मा प्रकाशित

चितवन, २९ मंसिर । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले तत्काल मुलुकले कुनै निकास नपाउने स्पष्ट पारेका छन् । उनले आज चितवनमा पत्रकारहरुसंग कुरा गर्दै भने, ‘मैले मुलुकलाई राजनीतिक निकास दिने सम्बन्धमा आजको दिन सम्म कुनै सम्भावना देखेको छैन ।’
उनले दलहरुका बीच भएका हाल सम्मका सम्वाद र छलफमा तत्काल निकास आउन सम्भावना नदेखेको बताएका हुन् । ‘मैले त अहिलेसम्म आशाको किरण देखेको छैन,’ उनले थपे।
उपसभापति पौडेलले निकासका लागि राष्ट्रपतिले सवै राजनीतिक दल र कानूनविद्हरुसँग परामर्श गर्नुपर्ने बताए । राष्ट्रपतिले कानूनका जानकारहरुको सुझाव अनुसार अगाडि बढ्नु पर्ने उनले उल्लेख गरे ।
उनले सहमतिको प्रयासमा एमाओवादीको नयाँ माग र अडानका कारण मुलुकले निकास पाउन नसेकेको समेत दोहराए ।
उपसभापति पौडेलले वर्तमान सरकारलाई आन्दोलनबाटै हटाउने चेतावनी पनि दिए । उनले वार्ता र सम्वादबाट प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले मार्ग प्रसस्त नगरे विपक्षीदलहरु आन्दोलनबाट हटाउने उल्लेख गरे ।
उनले पुसको पहिलो साता बस्ने विपक्षीहरुको बैठकले आन्दोलनको घोषणा गर्ने बताए । ‘एमाओवादी ईमान्दार नभए आन्दोलन गर्नुको विकल्प छैन,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापति पदका प्रत्याशी बन्ने भएका छन् । कांग्रेसको संस्थापन

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

आजको प्रमुख समाचार