आपत्तिजनक अवस्थामा युवायुवती पक्राउ

२९ मंसिर २०६९, शुक्रबार ०८:५६ मा प्रकाशित

आरपी उपाध्याय/ बुटवल, २९ मंसिर । पटक पटक सचेत गराउँदा पनि क्यावीन रेष्टुरेन्टलाई यौन व्यवसायको सम्पर्क गर्ने माध्यम बनाएको र यसले समाजलाई विकृतितिर लगिरहेको भन्दै प्रहरीले बुटवलका क्याबिन रेष्टुरेन्टहरुमा छापा मारेको छ । छापा मार्ने क्रममा बाह्र जोडी युवायुवतीलाई अश्लील अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मनकामना रेष्टुरेन्ट, कोशिश कटेज, हट चिल्ली बार, ककटेल ड्रिङस्, एवान र सानु रेष्टुरेन्ट आदिबाट आपत्तिजनक अवस्थामा रहेका ति युवायुवतीहरुलाई नियन्त्रणमा लिइएको बताइएको छ।
सम्वद्ध प्रहरी अधिकारीका अनुसार क्याबिन रेष्टुरेन्टमा खानपिन गर्नेभन्दा त्यहीँका महिला वेयटरसँग यौन प्यास मेटाउन ग्राहकहरु पल्केका छन् । यस्तो आभास भएपछि केही समयदेखि बुटवलका रेष्टुरेन्टहरुमा निगरानी बढाउन थालिएको थियो । नियन्त्रणमा लिइएकाहरुविरुद्ध कडा रुपमा उत्रने प्रहरीले तयारी गरेको छ।

स्थानीय प्रहरीले महिला वेयटर ग्राहकसँगै बसेर खान नपाउने, रेस्टुराँका कर्मचारीले तोकिएको पोसाक लगाउनुपर्ने, परिचयपत्र लगाउनुपर्ने लगायतका बुँदालाई कार्यान्वयन गर्न होटल तथा रेष्टुरेष्ट व्यवसायी संघलाई आग्रह गर्दै आए पनि त्यसको पालना नगरिएकोले समस्या बढेको जनाएको छ । स्मरण रहोस्, बुटवलको यौन बजारमा क्याविन रेष्टुरेन्टका वेयटर महिला धेरै भएको र रेष्टुरेन्ट यौन व्यवसायको सम्पर्क माध्यम बन्दै आउको आम नागरिकले पनि अनुभूति गर्दैआएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन