जेलबाट खुमबहादुरले भने- ‘अदालतको सम्मान गर्छु तर अन्यायपूर्ण फैसलालाई चुनौती दिन्छु’

२९ मंसिर २०६९, शुक्रबार ०५:४३ मा प्रकाशित

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले आफू अन्यायमा परेको बोध गर्दागर्दै पनि अदालतको मर्यादा र संविधानवादप्रति अटुट आस्थाका कारण आफू जेल बसेको बताएका छन् । उनले आफूमाथि पूर्वाग्रहपूर्ण निर्णय लादिएको दाबी गर्दै प्रधानन्यायाधीश खिलराज रेग्मीले नियतवश नै अन्याय गरेको आरोपसमेत लगाएका छन् ।

राजनीतिमा सक्रिय रहँदा अत्यन्त हक्की र निडर नेताका रुपमा छबि बनाएका खड्काले जेलबाट सञ्चारकर्मीहरुका नाममा लेखेको पत्रमा प्रधानन्यायाधीश आफूविरुद्ध नियतवश खनिएको कारण नै आफ्ना कानूनी उपचारका ढोका सबै बन्द गरिदिएको आक्षेप लगाएका छन् । आफ्नाबारेको फैसलालाई आधारहीन भन्दै पुनरावलोकनको निस्सा पाऊँ भनेर खड्काले दिएको निवेदन हालै रेग्मी सम्मिलित इजलासले खारेज गरिदिएपछि सञ्चारकर्मीहरुको नाममा खड्को उक्त ब्यहोराको पत्र बाहिर आएको हो । पुनरावलोकनको निस्साका लागि आफूले दिएको निवेदन खारेज गरिदिएर सर्वोच्चले स्थापित गरेको नजिर रेग्मी नेतृत्वको इजलासले तोडेको भनी खड्काले पत्रमार्फत् लगाएको आरोप स्वाभाविक रहेको प्रतिक्रिया एक जानेमानेका कानून व्यवसायीले दिए ।

पत्रमा नेता खड्काले आफ्नो हक्की स्वभाव प्रतिविम्वित हुने गरी लेखेका छन्, ुन्यायालयको पवित्र चारदिवारबाट हुने अन्याय सबभन्दा ठूलो पाप र घृणित कार्य हो, प्रधानन्यायाधीशसहितको नियतपूर्ण र अन्यायमा आधारित फैसलाका बाबजुद सम्मानित अदालतको मर्यादा र संविधानवादमा निर्वाध आस्थाका कारण मात्र म जेलमा बसेको हुँ । तर उहाँहरूबाट भएका अन्यायलाई चुनौती दिनु पनि मेरो विवेक र धर्म दुवै हुन् । म जुनसुकै अवस्थामा पनि त्यसमा सम्झौता गर्न सक्दिनँ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार