चौथो पटकको म्याद गुज्रिएपछि मुठभेड निम्तिने संकेत

२९ मंसिर २०६९, शुक्रबार ०५:०६ मा प्रकाशित

काठमाडौं, २९ मंसिर । प्रधानमन्त्रीको साझा उम्मेदवार सिफारिस गर्न यसअघि पटक–पटक गरी दिइएको २० दिने म्याद सकिएपछि राष्ट्रपति रामवरण यादवले बिहिबार चौथोपटक दलहरुलाई पाँच दिनको म्याद दिएका छन् । पछिल्लो पटक थपिएको म्यादभित्र पनि सहमति नभए आफू र दलका नेताहरुको समेत अस्तित्व संकटमा पर्ने चेतावनीको शैलीमा राष्ट्रपतिले गम्भीर बन्न आग्रह गरेका छन् । थपिएको म्यादभित्र सहमति बन्ने सम्भावना रहेको दाबी गर्न फेरि पनि एमाओवादी र विपक्षी दलका नेताहरु हिच्किचाएका छैनन् ।
यसअघि दुई पटक ७–७ दिनको र एक पटक ६ दिनको म्याद दिएका राष्ट्रपतिले बिहिबार प्रमुख दलका नेताहरुसँग छलफल गरी उनीहरुकै आग्रहमा पाँच दिनको म्याद थपेको उनका सल्लाहकारहरुले जानकारी दिएका छन् । तर, के अब थपिएको अवधिभित्र सहमति होला ? नभए परिस्थिति कस्तो होला ? यस्तो जिज्ञासा आम नागरिकमा ह्वात्तै बढेको छ । पाँच दिनभित्र सहमति जुट्ने सम्भावना छ त भन्ने प्रश्नमा एमाओवादी प्रवक्ता अग्नि सापकोटा भन्छन्, ‘यसपटक राष्ट्रपतिले धेरै नै गम्भीरताका साथ आग्रह गर्नुभएको छ, दलहरु र आफ्नो पनि अस्तित्व अब खतरामा पर्छ भनेर उहाँले भन्नुभएकोले यसपटक निकास निस्कन्छ भन्ने लाग्छ ।’ यसैगरी कांग्रेसका नेताहरुले पनि सहमतिको आशा मरिनसकेको बताएका छन् । तर, एमालेका नेता इश्वर पोखरेललेचाहिँ अब संविधानका धाराबाट निकास ननिस्कने बताए । उनका अनुसार विकल्प अब ‘न्यारो डाउन’ हुँदैछन् र राष्ट्रपतिले ठोस ढंगले अगाडि बढ्नुपर्ने हुन्छ । संविधानका धारा–उपधारा खोजेर समसया निकास हुन्छ भनीठान्नु अब निरर्थक भएको उनले ठोकुवा गरे ।
यस्तैमा प्रधानमन्त्री बाबुराम भट्टराईले भने आफ्ना सहयोगीको फेसबुकमार्फत् सहमतिको वातारवरण बनेको र केही दिनमै आफूले सहमति जुटाउने दाबी गरेर धेरैको ध्यान खिचेका छन् । तर, विश्लेषकहरुले यसमा विश्वास गर्ने आधार नभएको टिप्पणी गरेका छन् । हुन पनि अहिलेसम्म कुनै दलले पनि आ–आफ्ना अडान छोड्ने संकेत नगरेको परिवेशमा सहमतिको गुञ्जायस देखिएको छैन, बरु नेताहरुको यस्ता दाबीलाई अझै पनि नतालाई गुमराहमा राख्ने चालबाहेक अरु केही होइन भनी ठोकुवा गर्न सकिन्छ । यस हिसाबमा थपिएको पाँच दिनको अवधि पनि ब्यर्थमै गुज्रने पक्कापक्की नै छ र त्यसपछिचाहिँ दलहरुबीच मुठभेडको स्थिति पैदा हुने तिब्र सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय