प्रजातान्त्रिक सेनानी सङ्घको अधिवेशन गैँडाकोटमा हुने

२९ मंसिर २०६९, शुक्रबार ०४:५७ मा प्रकाशित

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको भ्रातृ संस्था ‘नेपाल प्रजातान्त्रिक सेनानी सङ्घ’को दोस्रो केन्द्रीय महाअधिवेशन नवलपरासीको गैंडाकोटमा आगामी फागुन ७ देखि ९ गतेसम्म हुने भएको छ । यसअघि पहिलो अधिवेशन वीरगञ्जमा भएको थियो । टंकप्रसाद शर्मा कँडेलको अध्यक्षतामा नेपाली काङ्ग्रेस कार्यालय बीपीनगर सानेपामा भएको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । महाधिवेशनको तयारीका क्रममा ५० जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र पुस मसान्तसम्म सबै जिल्ला अधिवेशन सम्पन्न भइसक्ने बताइएको छ । अधिवेशनका लागि निर्वाचन क्षेत्रबाट तीनजना केन्द्रीय प्रतिनिधिसमेत निर्वाचित भइसकेका छन् । हाल ३५ सदस्यीय केन्द्रीय समिति रहने प्रावधान रहेकोमा प्रेमनाथ बस्यालको अध्यक्षतामा सचिव मित्रबहादुर कार्की, केन्द्रीय सदस्यहरू बुद्धिकुमार बतास, बालकृष्ण दाहाल र अध्यक्ष गोविन्दप्रसाद शर्मा कँडेलसमेत रहेको विधान संशोधन समिति गठन भएको छ । सभापतिसमेत रहेका कँडेल अध्यक्षतामा ११ सदस्यीय आर्थिक समिति र बालकृष्ण दाहालको अध्यक्षतामा ११ सदस्यीय प्रचारप्रसार एवम् स्मारिका प्रकाशन समितिसमेत गठन भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

काठमाडौं।राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानललाई टुंग्याएका छन् । बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको

आजको प्रमुख समाचार