उखु कृषकले बिहारको मूल्य पाउने

२९ मंसिर २०६९, शुक्रबार ०४:५६ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २९ मंसिर । नेपालका किसानहरुले यस बर्षको उखुको मूल्य भारतको विहार राज्यमा तोकिने उखुको मूल्यबराबर पाउने भएका छन् । अहिले विहार राज्यमा उखुको मूल्य प्रतिक्विन्टल ४ सय ७५ नेपाली रुपैयाँबराबर चलिरहेको छ । विहार राज्यमा अझै उखुको मूल्य यकिन नभइसकेको भन्दै विहार राज्यमा तोकिने उखुको मूल्यबराबर मूल्य तोक्न सहमतिमा उखु किसान र चिनी मिलबीचको बार्ता टुंगिएको छ ।
हेटौंडामा बुधबार राती सम्पन्न छलफलपछि यस्तो निर्णय भएको उखु उत्पादक किसान समिति नवलपरासीका अध्यक्ष उमेश यादवले बताउनुभयो । यादवका अनुसार नेपाली किसानहरुले अब उखुको मूल्य प्रतिक्विन्टल ४ सय ७५ देखि पाँच सयको हाराहारीमा पाउने छन् ।
भारतको विहार राज्यमा दुई–तीन दिनमा उखुको मूल्य निर्धारण हुने भन्दै त्यो र्नियणलाई कुर्न दुवै पक्ष सहमत भएका छन् । तर विहार राज्यमा तत्काल उखुको मूल्य निर्धारण नभएको खण्डमा किसानहरु फेरि अन्यौलमा पर्ने देखिन्छ । यस बर्ष नवलपरासीमा मात्रै करिब तीस लाख क्विन्टल उखु उत्पादन भएको छ भने नेपालभर ३ करोड क्विन्टल उखु उत्पादन भएको अनुमान गरिएको छ ।
तीन चरणको वार्तापछि उखु किसान महासंघ र चिनी मिल सञ्चालकले ठोस र्निणय नलिई किसानलाई अन्यौलमा पार्ने र्निणय लिएको भन्दै किसानहरुले आक्रोस समेत व्यक्त गरेका छन् । नवलपरासीमा तीन वटा चिनी मिल रहेकोमा बाग्मती खाडसारी मिल र इन्द्रा सुगर मिलले उखु क्रसिङ्ग शुरु गरेको छ भने सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगले अझै क्रसिङ्ग शुरु गरेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

काठमाडौं।राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानललाई टुंग्याएका छन् । बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको

आजको प्रमुख समाचार