चार सलाई प्राथमिकता दिएर सरकारले काम गरेको प्रधानमन्त्रीको दावी

१२ चैत्र २०६८, आईतवार १२:०५ मा प्रकाशित

प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफू नेतृत्वको सरकारले शान्ति, संविधान, समृद्धि र सुशासन गरी चार स लाई प्राथमिकताका साथ अगाडि बढाएको दावी गरेका छन् । उनले सरकारले प्राथमिकता  दिएको चार सले  सरकार गठन सँगै गति लिएको दावी समेत गरेका छन् ।
राज्यब्यवस्था समितिको बैठकमा लिखित बक्तब्य प्रस्तुत गर्दै प्रधानमन्त्रीले यसै हप्ता भित्र लडाकुको समायोजनको प्रक्रिया सुरु हुने जानकारी दिए । संविधान निर्माणका विवादित विषयमा सकारात्मक ढंगले छलफल अघि बढेकोले निर्धारित समयमै काम सम्पन्न हुने विश्वास समेत ब्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले कर्मचारी सरुवा नियमित भएको दावी गर्दै कर्मचारीमा राजनीति जोडिएकोले सरुवा प्रकरण विवादित बनेको गुनासो गरे । सुगम र दुर्गममा बस्ने कर्मचारीबीच द्वन्द्व बढेको उल्लेख गर्दै आगामी दिनमा कर्मचारी सरुवाको मापदण्ड बनाइने जानकारी दिए । उनले  पछिल्लो पटक भएको सरुवा विवादबारे अनुसन्धान जारी रहेको समेत बैठकमा जानकारी दिएका थिए । प्रधानमन्त्रीलेअनुशासनहीन कार्य गर्ने जो कसैलाई विधि र प्रक्रिया बमोजिम कडा कारवाही गरिने भन्दै देशमा अनुशासनको प्रत्याभुति गराउने दृढता ब्यक्त गरे ।
संबैधानिक अंगहरुमा पदाधिकारी नियूक्तीका सम्बन्धमा कार्ययोजना सहितको निवेदन प्राप्त भएको र त्यसलाई संबैधानिक परिषदको सचिवालयले अभिलेखिकरण गर्ने काम गरिरहेको भन्दै चाडै परिषदको बैठक बसेर नियूक्ती गरिने बताए ।
नेपाली सेनाको लोकतान्त्रिकीकरण सम्बन्धी प्रतिवेदनब परिमार्जन गर्ने काम भईरहेको भन्दै राष्ट्रिय सुरक्षा नीति मन्त्री परिषदमा विचाराधिन रहेको जानकारी प्रधानमन्त्रीले दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल