सडकनजिक खेल्सामा अपरिचित युवतीको शव

२९ मंसिर २०६९, शुक्रबार ०४:५३ मा प्रकाशित

नवलपरासी, २९ मंसिर । नवलपरासीको बर्दघाट दाउन्ने सडकखण्डको बासखोला नजिकै एक युवतीको शव फेला परेको छ ।  १५–२० बर्ष उमेरकी कुर्ता–सुरवाल र पाउजु लगाएकी उक्त युवती शव पुरै जलेको अवस्थामा भेटिएको छ ।
सडकदेखि करिब २० मिटर तल खोल्सामा जलाएर छोडेको उक्त शवको अधिकांश भाग जङ्गली जनावरले खाइसकेका छन् भने शवको सनाखत नभएको र घटनाको अनुसन्धान भइरहेको बर्दघाट प्रहरी चौकीका इन्चार्ज यदु रिमालले बताउनुभयो । शवलाई पोष्टर्माटमको लागि जिल्ला अस्पताल परासीमा पठाइएको उहाँले जानकारी दिनुभयो ।
उक्त युवतीको शव धेरै दिन अगाडि नै मारेर फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शव दुर्गन्धित अवस्थामा जंगल जाने गोठालोले फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

आजको प्रमुख समाचार