स्पेनमा प्रजातान्त्रिक सेनानी भीमबहादुर तामाङको शोकसभा सम्पन्न

२९ मंसिर २०६९, शुक्रबार ०४:१४ मा प्रकाशित

बेदराम कंडेल, स्पेन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रजातान्त्रिक सेनानी भीमबहादुर तामाङ ज्युको ७८ वर्षको उमेरमा असामयिक निधनको आज १३ औ पुण्य तिथीमा शोक सभा सम्पन्न गरियो। जनसम्पर्क समिति स्पेनका अध्यक्ष श्री चिन्तामणि सापकोटाको अध्यक्षतामा स्पेनमा रहेका प्रवासी प्रजातन्त्र प्रति आस्थावान नेपालीहरु तथा स्पेनमा रहेका राजनीतिक दल, क्षेत्रीय, जातीय संघ संस्थाको उपस्थिति रहेको थियो।

बक्ताहरुले श्रद्धेय नेताको निधनले राष्ट्रले एउटा सच्चा इमान्दार नेता गुमाएकोले वाताबरण अत्यन्तै दुखी र मर्माहत बनाएको थियो। जनसम्पर्क समितिले प्रजातन्त्र तथा लोकतन्त्र बहालीमा उच्च बलिदान, कठोर त्याग, निष्ठा र इमान्दारीको उच्च कदर गर्दै सच्चा नेता गुमाएको बक्ताहरु चिन्तामणि सापकोटा, पुष्प राज भण्डारी, एकराज गिरि, शालिकराम डुम्रे, बेदराम कंडेल, राम प्रसाद चालिसे र अर्जुन आचार्यले बोल्नु भएको थियो।

नेपाली कांग्रेसका श्रद्धेय नेता, लोकतान्त्रिक आन्दोलनका अथक योद्धा जाहनिया राणा शासन र निरङ्कुश राजतन्त्र बिरुद्ध लड्ने योद्धा एवं नेपाली कांग्रेसका पूर्ब सभासद पूर्ब कानुन मन्त्री जननायक स्वर्गीय बि.पि.कोईराला र स्वर्गीय संस्थापक नेता सुवर्णशमशेर जबरा सँग प्रशिक्षित रही बिभिन्न आन्दोलनमा युवा अबस्था देखि नै जीवनको अन्तिम घडी सम्म प्रतक्ष सहभागी हुनु भएका केन्द्रीय कार्य समितिका सदस्य श्री भिम बहादुर तामाङ ज्युको यही मंसिर १६ गते २०६९ का दिन भएको असामायीक निधनले हामी नेपाली कांग्रेसको बिदेश विभागमा क्रियाशील नेपाली जनसम्पर्क समिति स्पेनमा आवाद्ध सम्पूर्ण नेपाली कांग्रेसका अनुयायीहरु मर्माहित भएका छौ। सम्पूर्ण नेपाली जनताले एउटा हनोहार-इमान्दार सादा जीवन शैली-उच्च बिचार राष्ट्रियता बोध, सामाजिक सांस्कृतिक समता र सदभाब, पहिचान र समाजबादका निम्ती सदैब समर्पित स्वर्गीय नेता प्रति सम्मान व्यक्त गर्न १३ औँ दिनमा श्रद्धाञ्जली कार्यक्रम सभा सम्पन्न गर्यो।

उक्त दुखद घडीमा शोक सन्तब्ध परिवार छोरा छोरी तथा नेपाली कांग्रेसलाई धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै श्री पुशुपतिनाथ संग प्रथाना गर्दै १ मिनेट मोहन धारण गरियो। नेताहरुलाई उहाँको मृत आत्मा शान्तिको लागि छिटो भन्दा छिटो सहमति र अधुरो रहेको संबिधान बनाउन सबै दलहरु संग सहकार्य गर्न अनुरोध गर्दै कायक्रम सम्पन्न गरियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार