द्वन्द्वपीडित शिक्षकलाई पुनर्बहाली गर्न आयोग गठन

२८ मंसिर २०६९, बिहीबार १८:१४ मा प्रकाशित

काठमाडौं, २८ मंसिर ।  सरकारले द्वन्द्वपीडित शिक्षकलाई पनि पुनर्बहाली गर्ने भएको छ । यसका लागि बास्तविक द्वन्द्वपीडित शिक्षक पत्ता लगाउन सरकारले छानवीन समिति गठन गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारको निर्णय अनुसार द्वन्द्वपीडित शिक्षक छानवीनका लाति पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश जानेश्वर सुवेदीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको छ । द्वन्द्वपीडित शिक्षकहरुले विभिन्न चरणका आन्दोलन गरी आफुहरुलाई बिना सर्त पुनरबाहाली गर्न सरकारसंग माग गर्दै आएको थियो । सरकारले उनीहरुले राखेका माग सम्बोधन गर्नका लागि छानवीन आयोग बनाएको सञ्चार मन्त्री राजकिशोर यादवले जानकारी दिए ।
यसैगरी सरकारले सुकुम्बासी समस्या समाधान आयोगको म्याद सात महिना सम्मका लागि थप गरेको छ । समितिले अब आगामी असार मसान्त सम्मका आफ्नो रिपोर्ट सरकारलाई बुझाए हुन्छ । त्यस्तै बैठकले खानेपानी संस्थानका महाप्रबन्धक उपसचिव भरतमणी पौडेलले दिएको राजीनामा स्वीकृत गर्नुका साथै शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल टेकुको अध्यक्षमा डा. प्रभू साहलाई नियुक्त गरेको छ । बुढिगण्डकी जलविद्युत आयोजना विकास समितिको अध्यक्षमा डा. लक्ष्मी प्रसाद देवकोटालाई र नलसिनगार्ड जलविद्युत आयोजना विकास समितको अध्यक्षमा शेर बहादुर शाहीलाई मनोनयन गरेको छ । बैठकले बेलायत सरकारले दिने पा“च अर्ब ११ करोड रुपैया“ सहयोग रकम लिनका लागि अर्थलाई स्वीकृति दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार