‘पाँच दिनमा पनि सहमति नभए वर्तमान सरकारले नै निर्वाचन गराउने’

२८ मंसिर २०६९, बिहीबार १७:०७ मा प्रकाशित

काठमाडौ, २८ मंसिर । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले राष्ट्रपतिले सहमतिको लागि दिएको पाँच दिनको समयमा सहमति हुन नसके यहि सरकारको नेतृत्वमा निर्वाचनमा जानु पर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल विहीबार आयोजना गरेको साक्षात्कारमा रिक्त संबैधानिक निकायमा पदाधिकारी नियूक्ती, संविधानसभाको निर्वाचनको मिति घोषणा, संविधानका सहमति भएका विषयलाई समेटेर संविधानको प्रारम्भिक खाँका तयार पार्ने विषयमा प्याकेजमै सहमति भए मात्रै प्रधानमन्त्रीले मार्गप्रसस्त गर्ने स्पष्ट पारे ।
पौडेलले पूर्ण बजेट नस्विकार्ने, संबैधानिक नियूक्ती नस्विकार्ने अवस्थामा विपक्षीले भनेको कुरा आफूहरु समेत स्विकार्न बाध्य नभएको बताए । सल्लाहकार पौडेलले भने–नयाँ सरकारले के के गर्ने  भन्ने विषयमा स्पष्ट नभई प्रधानमन्त्रीले पद छाड्ने कुरा हुँदैन । कुनै पार्टीले राजिनामा माग्दैमा दिई हाल्ने कुुरा हुँदैन । प्याकेजमै सहमति नभई काग्रेस सभापति सुशिल कोइरालालाई स्विकार्दैनौ । उमेदवार त सुशिलजीले मात्रै होईन मुस्कान सेनाले पनि घोषणा गरेको छ ।
उनले विपक्षीहरुले बाबुराम भट्टराईको ठाँउमा अध्यक्ष प्रचण्डलाई स्विकार्ने विपक्षीहरुको कुरा धमिलो पानीमा माछा मार्ने दाउँ र पार्टी फुटाउने चालमात्रै भएको भन्दै माओवादीले शान्ति प्रक्रियामा आए पछि धेरै खेल खेलिसकेकोले माओवादी त्यस्तो खेलको भ्रममा नपर्ने स्पष्ट पारे । यद्यपि उनले प्रचण्ड ठूलो पार्टीको अध्यक्षको नाताले प्रधानमन्त्रीको सधै दावेदार भने भएको बताए ।
साक्षात्कारमा नेपाली काग्रेसका केन्द्रीय सदस्य डा प्रकाशसरण महतले एमाओवादीले भने जस्तो संविधानका विवादित अन्र्तबस्तुमा सहमति हुनै नसक्ने भन्दै त्यस्तो प्रयास हास्यास्पद भएको टिप्पणी गरे । उनले संघीयता र गणतन्त्रलाई स्विकार्ने बाहेक अन्य विषयमा सहमति खोज्नु जनताको अधिकारमाथिको कुठाराघात भएको भन्दै दलहरुमा त्यस्तो कुनै हैसियत नभएको बताए ।
जेठ २ गते भएको सहमति माओवादी माने अहिलेकै प्रक्रियाबाट संविधान जारी गर्न काग्रेस तयार रहेको स्पष्ट पार्दै अन्यथा विवादित विषयमा सहमति खोज्ने कुरा सम्भव नभएको दावी गरे । उनले भने–प्रधानमन्त्रीको लागि काग्रेसले सिद्धान्तलाई तिलाञ्जिली दिदैन । माओवादी चुनाव चाहँदैन, संविधानसभाबाट संविधान चाहँदैन । केवल सत्ता लम्ब्याउन मात्रै अनेक बखेडा गरिरहेको छ ।
सहमतिको नाममा बारम्बार म्याद थपिरहन लगाउनु राष्ट्रपतिलाई हल्का बनाउने षडयन्त्र भएको भन्दै राष्ट्रपति त्यस्ता विषयमा सचेत हुनु पर्ने बताए । उनले भने–बारम्बार म्याद थपिरहने हो भने राष्ट्रपतिको पनि गरिमा घट्छ ।  नेकपा एमालेका नेता रघुवीर महासेठले निश्चित समयसम्म काग्रेस सभापति सुशिल कोइरालाको नेतृत्वमा सहमति नजुटे नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनु पर्ने बताए । उनले भने–अब काग्रेस सभापतिको नेतृत्वमा सहमति जुटन नसक्ने अवस्थामा नेकपा एमालेले पनि उमेदवार घोषणा गर्नु पर्छ । कोइरालको विकल्पमा ओलीलाई प्रस्तुत गर्नु पर्छ, ओली पनि नभए एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री स्विकार गर्न तयार हुनु पर्छ । ठूला तीन दलबाहेकबाट प्रधानमन्त्रीको विकल्प खोजि गर्नु हुँदैन । बाबुराम भट्टराई बाहेकको माओवादीको नेतृत्वमा जान्नौ भनेर किरिया खानु हुँदैन ।
उनले राष्ट्रपतिले दलको सहमति विना नयाँ सरकार गठन गर्नै नसक्ने ठोकुवा गर्दै स्वतन्त्र ब्यक्तिको नेतृत्वमा सरकार बन्न नसक्ने दावी गरे । महासेठले नेकपा–माओवादीका महासचिव रामबहादुर थापालाई पनि प्रधानमन्त्री स्विकार गर्न नसकिने स्पष्ट पार्दै भने–प्रजातन्त्र नै नस्विकारेको पार्टीको नेतालाई प्रधानमन्त्री कसैले स्विकार्न सक्दैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति

सर्लाही।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हट्दैमा न्यायलय सच्चिने सम्भावना आफूले नदेखेको बताएका छन् ।

काठमाडौं । एसियाली क्षेत्र दुई ध्रुवीय बन्नेतर्फ उन्मुख भएको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको थिंक ट्यांक लोवी इन्स्टिच्युटको एसिया पावर