दादुरा र रुबेला विरुद्ध लायन्स क्लबले खोप अभियान सञ्चालन गर्ने

२८ मंसिर २०६९, बिहीबार १७:०४ मा प्रकाशित

काठमाडौं, २९ मंसिर । नेपाल सरकारको सहयोगमा लायन्स क्लबले दादुरा तथा रुबेला रोग विरुद्धको खोपअभियान सञ्चालन गर्ने भएको छ । क्लबले ९ महिनादेखि १५ वर्षभित्रका १ करोड बालबालिकामा लाग्ने दादुरा र रुबेला रोग निर्मूल पार्ने सरकारी अभियानलाई सहयोग गर्ने उद्देश्यले खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो । आज २९ गते शुक्रवारदेखि पौष १५ गतेसम्म काठमाडौं महानगरपालिकाका सबै वडाहरुमा चरणवद्धरुपमा दादुरा तथा रुबेलाविरुद्धको खोप सञ्चालन गर्ने जानकारी दिइएको छ । खोप अभियानलाई नेपाल रेडक्रस सोसाईटी, रोटरी इन्टरनेशनल, लायन्स क्लब इन्टरनेशल, युनिसेफ, विश्व स्वास्थ्य संगठन, काठमाडौं महानगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले सहयोग गर्ने बताइएको छ ।
सोबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जनस्वास्थ्य प्रशासक प्रमुख महेन्द्र श्रेष्ठले खोप अभियानबाट बालबालिकाहरुमा लाग्ने घातक रोग दादुरा र रुबेला रोग निर्मूल पार्ने लक्ष्य रहेको बताए भने इन्टरनेसनल एसोसिएसन अफ लायन्स क्लबका मल्टिपल काउन्सिल अध्यक्ष लायन खगेन्द्र सिटौलाले खोप कार्यक्रम सफल पार्न लायन्स क्लब अन्तर्राष्ट्रियले २४ लाख अमेरिकी डलर उपलब्ध गराएको जानकारी गराए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार