सिएनएन हिरो पुष्पालाई सरकारको पनि सम्मान

२८ मंसिर २०६९, बिहीबार १६:५० मा प्रकाशित

काठमाडौं, २८ मंसिर । सरकारले पनि सिएनएन हिरो पुष्पा बस्नेतलाई सम्मान गरेको छ । उनले आज महिला तथा बालबालिका मन्त्री बद्री प्रसाद न्यौपानेले सम्मान गरेका हुन् । कारागारमा बन्दीजीवन बिताइरहेका परिवारका बालबालिकाको सेवामा निःस्वार्थ भावले समर्पित भई सिएनएन हिरो उपाधि चुम्न सफलकाले सरकारले बस्नेतलाई सम्मान गरेको मन्त्री न्यौपानेले बताए । सम्मान कार्यक्रममा सो मन्त्रालयका मन्त्री बद्रीप्रसाद न्यौपानेले बस्नेतलाई सम्मानपत्र तथा दोसल्ला ओढाई सम्मान गरेका थिए । मन्त्री न्यौपानेले उनको सम्मान राष्ट्रकै सम्मान भएको र यसबाट सम्पूर्ण राष्ट्र गौरवान्वित भएको चर्चा गर्दै मन्त्रालय उहाँसँग सहकार्य गर्न तथा सहयोग दिन प्रतिबद्ध रहेको बताए । सो अवसरमा सम्मानित व्यक्तित्व बस्नेतले आफू ‘सिएनएन हिरो एवार्ड २०१२’ बाट सम्मानित हुन पाउँदा खुसी लागेको र काँधमा जिम्मेवारी थपिएको महसुस भएको विचार व्यक्त गरिन पुष्पाले । उनले आफू आजीवन यिनै बेसहारा बालबालिकाको सेवामा समर्पित हुने प्रतिबद्धता पनि व्यक्त गरिन । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेशहरि अधिकारीले व्यक्तिगत प्रयासबाट सिएनएन हिरो एवार्ड २०१२ बाट सम्मानित हुनुभएकी बस्नेतले मुलुक तथा सरकारको गौरव बढाउनुभएको बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

जनकपुरधाम।नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट