प्रचण्ड इमान्दार नहुँदा समस्या देखिएको कांग्रेस सभापति कोइरालाको भनाई

२८ मंसिर २०६९, बिहीबार १६:३७ मा प्रकाशित

दोलखा, २८ मंसिर । कांग्रेस सभापति सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड इमान्दार नभएकाले दलिय सहमतिमा समस्या दखिएको बताएका छन् । उनले प्रचण्ड इमान्दार हुने हो भने दुई तीन दिनमै सहमति हुने दावी गरे ।
कांग्रेस नेता भीमबहादुर तामाङको १३ पुण्य तिथिमा आज दोलखाको झुलेस्थित निवास परिसरमा गरिएको श्रद्धाञ्जली सभामा बोल्दै कोइरालाले अब राष्ट्रपतिले दिएको समयसीमाभित्र सहमति हुने दाबी गरे ।
उनले पाँच दिनभित्र सहमति भए वैशाखमा चुनाव गर्न सम्भव रहेको पनि उल्लेख गरे । कांग्रेस नेता विमलेन्द्र निधिले संविधानसभाको चुनावअघि अन्तर्वस्तुमा सहमति खोजेर गल्ती गर्न नहुने बताए । उनले आफ्नो दल गणतन्त्र, संघीयता, समावेशी, धर्मनिरपेक्षता र मिश्रति निर्वाचनमा प्रतिबद्ध रहेको उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

आजको प्रमुख समाचार