व्यावसायिक सुरक्षा संयन्त्र बनाउन माग

२८ मंसिर २०६९, बिहीबार १५:५६ मा प्रकाशित

विराटनगर, २८ मंसिर । चन्दा आतंक र डर–धम्कीले दिनप्रतिदिन असुरक्षित बढेको भन्दै मोरङ र सुनसरीका उद्योगीरव्यवसायीले सुरक्षित वातावरण बनाउन सरकारसँग माग गरेका छन् । राज्यको उदासीनताका कारण धाराशयी बन्दै गएको उद्योगरव्यवसायको विकासका लागि पनि व्यावसायिक सुरक्षा संयन्त्र आवश्यक रहेकामा ती व्यवसायीले जोड दिए । सत्तासीन तथा विपक्षी दल, उनीहरूका भ्रातृ संगठनलगायत विभिन्न समूहको चन्दा आतंकका कारण आफू मारमा परेको बताएका छन् ।
घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको सार्वजनिक सुरक्षामा निजी क्षेत्रको भूमिका विषयक गोष्ठीमा सहभागी उद्योगी व्यवसायीले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार जिम्मेवार नभएको आरोप लगाए । सरकारले उद्योगी व्यवसायीको सुरक्षामा अबका दिनमा पनि चासो नदिने हो भने आफ्नै सक्रियतामा व्यावसायिक सुरक्षा दस्ता बनाएर अघि बढ्नुको विकल्प नरहने बराह ज्वेलर्सका सञ्चालक मानबहादुर विश्वकर्माले बताए । ‘राज्यले हाम्रो समस्या सुनेन राजनीतिक दलले पनि गम्भीर रूपमा लिएनन्,’ उनले भने । उद्योगीरव्यवसायीकै सक्रियतामा राजनीतिक दलको भ्रातृ संगठनजस्तो सुरक्षा दस्ता तयार पारेर अघि बढ्नु पर्ने अवस्था आउन सक्नेमा उनले जोड दिए । राज्यले समस्या र मर्म नबुझ्ने गरेको आरोप लगाउँदै उनले विभिन्न बाहनामा हुने गरेका बन्द, हड्ताल र चन्दा आतंकका कारण सबै भन्दा बढी उद्योगी मारमा परेको बताए ।
व्यवसायी सरोज श्रेष्ठले उद्योगी व्यवसायीले सरकारसँग नै सहकार्य गरेर व्यावसायिक सुरक्षा दस्ता गठन गर्ने तयारी गरिरहेको जानकारी दिए । उनले भने, ‘व्यवसायी र उद्योगीसँग चन्दा संकलनका लागि आउने समूहको आँकडा गरेर मात्र प्रहरी प्रशासनले पनि नियन्त्रणमा लिने गरेका छन् ।’ कोही समूह डर धम्की देखाउँदै र चन्दा असुल्दै आएमा तत्काल खबर गर्नु भनेर प्रहरीले नै भनेको हुन्छ श्रेष्ठले भने, चन्दा असुल्दै कोही आएको खबर प्रहरीमा गरेमा प्रहरीले त्यसबारे बुझ्ने र राजनीतिक दलतर्फबाट आएमा चन्दा दिएर पठाउन भन्दै व्यवसायीलाई नै अहर्‍याउने गरेका छन् ।’

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा

आजको प्रमुख समाचार