चामलको बोराले थिच्दा दुईको ज्यान गयो

२८ मंसिर २०६९, बिहीबार १३:२७ मा प्रकाशित

रुकुम, २८ मसिर । रुकुम जिल्लामा आफ्नै किराना पसलमा रहेको चामलका बोराले पुरिएर एकै घरका २ वालकको मृत्यु भएको छ ।
सदरमुकाम खलंगास्थित जयवहादुर वादीका छोराहरु १० वर्षीय मनीष वादी र ७ वर्षीय आकाश वादीको चामल भरिएका बोराले पुरिएर आज विहान मृत्यु भएको हो । बोराले थिचेर गम्भीर घाईते मनीष र आकाशलाई जिल्ला अस्पताल सल्ले खलंगा लैजाँदै गर्दा वाटोमै मृत्यु भएको आफन्तले जनाएको राससले जनाएको छ ।
बोराले थिचिएका दुवै बालक जन्मदै शरीरको तल्लो भाग नचल्ने अवस्थामा थिए । काठ र जस्ता पाताले निर्माण भएको घुम्तीमा वादी परिवारले विगत २ वर्षदेखि किराना पसल गर्दै आएका छन् ।
आमा मञ्जु वादी भान्साको काममा लागेकी थिइन भने, बाबु जयवहादुर पसलको लागि आवश्यक पर्ने सागपात, फलफूल लिन बाहिर निस्केको अवस्थामा बालकहरु थिचिएका हुन् । दुवै छोराको मृत्यु भए पछि आमा मञ्जु अचेत अवस्थामा रहेकी छन् । वादी परिवारका ४ सन्तान जन्मजात हात खुट्टा बाँगिएको अपांग अवस्थामा जन्मीएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार