अझै सल्टेन पाटन असपतालको बिबाद

२८ मंसिर २०६९, बिहीबार १३:२४ मा प्रकाशित

 ललितपुर, २८ मंसिर । ललितपुरस्थित पाटन अस्पतालको उपकुलपति नियुक्तीको बिबाद अझै सल्टेको छैन । केही साम्य जस्तो देखिएको बिबाद आज फेरी पुरानै रुपमा फर्किएको छ । बिबाद बढेपछि आज प्रहरी र आन्दोलनरत चिकित्सक तथा कर्मचारीहरुबीच झडप समेत भएको छ । झडपका क्रममा त्यहाँको स्थिति तनावपूर्ण भएको थियो । बुधबार साँझ पाटन अस्पतालका नवनियुक्त उपकुलपति संगीता भण्डारीले प्रहरी प्रशासनको सहयोग लिएर चिकित्सक र त्यहाँ कार्यरत कर्मचारीले लगाएको ताला फुटाएपछि त्यसको विरोधमा विवाद चर्किनुका साथै झडप समेत भएको हो ।
आन्दोलनरत चिकित्सकह र कर्मचारीहरुले  लगाएको ताला पुठाएपछि बिहीबार बिहान  त्यसको विरोध गरेका हुन् । उनीहरुले कार्यलयमा उपकुलपति भण्डारीलाई छिर्न नदिएपछि  प्रहरी र कर्मचारीबीच दोहोरो झडप भएको हो ।
उपकुलपतीमा भण्डारीलाई राजनीतिक नियुक्ती गरिएको भन्दै झण्डै महिनादिन अगाडिदेखि  आन्दोलनरत कर्मचरीहरुले  ताला लगाएका छन् । भण्डारीको राजीनामा र अस्पतालमा भएको अनियमितताको छानबीन गर्नुपर्ने माग गर्दै अस्पतालमा उनीहरुले ताला लगाएकाहुन् ।  आन्दोलनले अस्पतालको सेवा प्रभावित बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा