चौथो पटक पनि म्याद थपे राष्ट्रपतिले

२८ मंसिर २०६९, बिहीबार १३:१५ मा प्रकाशित

काठमाडौ, २८ मंसिर । राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय सहमतिका लागि भन्दै आज चौथो पटक पनि म्याद थप गरेका छन । उनले  प्रमुख चार दलका शीर्ष नेताहरुसंगको छलफलपछि उनीहरुकै आग्रहमा राष्ट्रपति यादवले चौथो पटक पाँच दिनका लागि म्याद थपेका हुन् ।
तेस्रो पटक थपिएको ६ दिनको समय हिजो सकिएपछि नेताहरुले फेरि समय थपका लागि राष्ट्रपतिलाई आग्रह गरेका थिए । राष्ट्रपति यादवले आज विहान प्रमुख चार दलका शीर्ष नेताहरुलाई शितल निवास बोलाएर छलफल गरेपछि म्याद थपेको निर्णय लिएका हुन । थपिएको म्यादलाई अन्तिम बनाउन राष्ट्रपतिले नेताहरुलाई आग्रह गरेका छन् । छलफलका क्रममा राष्ट्रपतिले दलहरुबीच भएको वार्ता र सहमतिका प्रयास बारे जिज्ञासा राखेका थिए । पटक पटक म्याद थप्दा पनि सहमति नभएकोमा उनले असन्तुष्टि समेत व्यक्त गरे ।
तेस्रो पटकको म्याद पनि कुनै सहमति बिना गुज्रेपछि अब के गर्ने भन्ने परामर्शका लागि राष्ट्रपतिले बोलाएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाबाट विजय गच्छदार शितल निवास पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार