जंगबहादुरको जन्मघर बेवारिसे अवस्थामा

२८ मंसिर २०६९, बिहीबार १०:०३ मा प्रकाशित

मक्तिनाथ भुसाल, अर्घाखाँची, २८ मंसिर । अर्घाखाँचीको सदरमुकाम सन्धिर्खकबाट करिब १२ किलोमिटर दूरीमा रहेको लामपाटी दरवारको अवस्था कन्तविजोग बन्दै गएको छ । सदरमुकामसँग जोडिएको र जिल्लाकै सुगम मानीने वाङ्ला गाविसको मथुरावेसीमा रहेको यो दरबार नेपालकै इतिहासमा महत्वपूर्ण मानिन्छ । किनकि, नेपालको इतिहासका चर्चीत ब्यक्ति  जगंवहादुर राणा यसै दरवारमा जन्मिएका थिए ।
यो स्थानलाई शुरुवातमा मथुरावेसि र पछि लामपाटी नामाकरण गरिएको र यो नै नेपालको इतिहासमा एकमात्र बिसखुट्टे दरवार भएको थप जानकारी प्राप्त भएको छ । स्थानीयको भनाई अनुसार शुरुवातमा हालका टन्डनहरु खत्री थिए चने जगंवहादुरचाहिँ कुवँर थिए । जगँवहादुरकै पालामा खत्रीलाई टन्डन र कुवँर अर्थात आफुलाई राणा वनाएको कुरा इतिहासमा उल्लेख छ । जगंवहादुर राणा जन्मिएको नेपालकै यो बिस खुट्टे लामपाटि दरवार आज आफैमा उदास बनेको छ । जसको प्रमुख कारण हो प्रचारप्रसारको अभाव र सरोकारवालाहरुको मौनता ।
नेपालकै एक मात्र लामपाटी बिस खुट्टे दरवारमा पुग्ने हो भने वरिपरि घास उम्रिएको देख्न सकिन्छ र दरवार आफैमा साहाराविहीन बनेको दूुष्य लुकाउन मिल्दैन । अर्घाखाँची जिल्लालाई मात्र नभएर सिङ्गो मुलुकलाई संसारभरि चिनाउन सकिने यो स्थानलाई राजनैतिक नेताहरुले चुनावी नारा मात्र बनाउने गरेको र सरोकारवालाहरुले बेवास्ता गरिरहेका छन् । पुर्वमा पाल्पा, पश्चिममा प्युठान र दाङ्ग , दक्षिणमा कपिलवस्तु र रुपन्देही, उत्तरमा गुल्मी जिल्लाको विचमा रहेको अर्घाखाँची जिल्ला, समुन्द्र सतहदेखि ३०५ मिटर देखि २५१५ मिटरसम्मको उचाईमा यो रहेको छ ।
पुर्व–पश्चिम राजमार्गको गौरुसिङेदेखि ६८.२ कि मी कालोपत्रे सडक यात्रावाट जिल्लाको सदरमुकाम सन्धिखर्क पुग्न सकिन्छ । जिल्लाको सदरमुकाम देखि बढिमा १२ किलोमिटर कच्ची सडक यात्रामा पुग्न सकिने लामपाटि दरवार संरक्षणको अभावमा दिन प्रतिदिन ओझेलमा परदै भत्कने अबस्थामा पुगीसकेको  छ ।
विकाशको नाममा थुप्रै  वजेट  अर्घाखाँची जिल्लाले प्राप्त गरे पनि ति वजेटहरु गणितीय विधीद्धारा आफैले कुम्ल्याउन पल्केका जनताका भाइरसहरुमाथि राज्यको नजर नपुग्दा इतिहास बोकेको लामपाटी दरवार ओझेलमा परेको कुरा स्पस्टै छ । हिजोका दिनमा  गाउँमा एक कप चिया उधारो कसैले नपत्याउने केही  भ्रष्टहरु आज जिल्लाकै विकास वजेटमा रमाउदै  धनाढय बनिरहेको परिवेशमा जिल्लामा रहेका सरोकारवालाहरुले यो महत्वपूर्ण दरवारलाई ध्यान नपुरयाउनुको कारण के हो ? चासोको बिषय बनेको छ ।
चारैतर्फ  हरीयाली  र प्राकृर्तिक सौन्दर्यताले  रमणीय  मधुरावेशीमा  रहेको लामपाटी दरवारको बिकाश गर्ने हो भने राज्यले  मनग्य रुपमा स्वदेशी र विदेशी पर्यटकहरु  भित्राउदै जिल्ला र देशको नाम नराख्ला भन्न सकिँदैन । हुन त, नेपाल सरकारले गाबिसलाई आफनो क्षेत्रमा बिकास गर्नेको लागी बर्षनी १८ देखी २० लाख रुपैया दिने गरेको छ । जुन बजेट बाट भौतिक पूर्बधारहरुको मर्मत संम्भार गर्ने अधिकार देखी लिएर पर्यटन बिकासका लागी गाबिसले लगानी गर्न सक्ने अधिकार सुरक्षीत हुने कुरा सबैलाई थाहा भएकै कुरा हो । यति हुदाहुदै पनी सदरमुकामसग जोडिएको गाबिसमा बर्षनी पर्ने बजेटबाट लामपाटी दरबारको मर्मत सम्भारमा चार आना बजेट नअल्गयाउनु गाबिस प्रतिनिधिदेखी त्यस क्षेत्रका अगुबाहरुको चरम लार्पाबाही देखीएको छ ।
बेलाबेलामा गाउको बिकासका लागी थुप्रो बजेट परीरहेको सन्र्दभमा राष्टीयता सग जोडिएको लामपाटी दरबारमा त्यहाका स्थानीय नेताहरुले आबाज नउठाउनुको कारण के हो ? आज शंखाको बिषय बनेको छ । राजनैतिक रुपमा चर्चित  मानिने वाङ्ला गाविसले जिल्ला र केन्द्रियस्तरमा थुप्रो नेताहरु पनी बिगतमा नजन्माएको होइन तर लामपाटी दरबारको लागी उनीहरुले केही गरेको देखिएन ।
नेपालको एक मात्र २० खुट्टे यो लामपाटी दरबारको सरक्षण र प्रचार प्रसारमा ध्यान पुरयाएमा त्यो क्षेत्रले स्बदेशि मात्र होईन बिदेशी पाहुनाहरुलाई पनी अर्घाखाचीमा भित्रयाउने छ । लामपाटि दरवार बाट बढिमा ५ मिनेट को पैदलयात्रामा गोपेश्वर पिठ पुग्न सकिन्छ । अर्घाखाँचि जिल्लामा रहेका पर्यटकिय स्थलहरु मध्ये गोपेश्वर पिठ पनि महत्वपुर्ण हो । करिव १३ रोपनि जग्गा मन्दिर सँग रहेपनि यहाँका पुजारि र चौकिदारलाई बिहान साझ पेटपुजा गर्नपनि मुस्किल बन्दै गएको कुरा ब्रमचारी कोश्लेश्वर पन्थी बताउदछन । अर्को अचम्मको कुरा, मन्दिर नजिकै रहेको वृद्ध आश्रममा बसोबास गरेका वृद्धहरु आफनो घर वा आफन्तहरुबाट रासन पानि ल्याई पकाएर विहान साझ खाई रहेको यो पिडालाई आज सम्म यहाका सरोकारवालाहरुले ध्यान  नपुरयाउनु एउटा क्षमको कुरा हो । जहाँ हाल ९ जना वृद्धहरु आफ्नै खर्चमा  खाना  खाई वसोवास  गरी  रहेका  छन् । मथुराको गोपेश्वर पिठमा शिवालय, राधाकृष्ण,  गणेशजी, लक्ष्मी नारायण, राम, लक्ष्मण,  सिता,  ज्ञानमन्च, पुरानो  धर्मशाला  र वृद्ध आश्रम  रहेका छन् । यो मन्दिर  भित्र केही वर्ष अगाडी संस्कृत  पाठशाला संचालन गरीए पनी आर्थिक अभावको कारण चाडै नैई वन्द गर्ने वाध्य  वनेको ताजा  स्मरण  त्यँहाका  स्थानियहरुमा रहेको छ । गोपेश्वर  मन्दिर  देखी  वढीमा  १० मिनट पैदल  यात्रामा पुग्न सकिने मथुरा खोलालाई २०५२ सालमा २४ लाख गायत्री मन्त्र  जप गरी तिर्थस्थान वनाईएको कारण पनी त्यो क्षेत्रको बढीनै महत्ब भएको कुरा स्थानीयहरु बाट बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति

सर्लाही।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हट्दैमा न्यायलय सच्चिने सम्भावना आफूले नदेखेको बताएका छन् ।

काठमाडौं । एसियाली क्षेत्र दुई ध्रुवीय बन्नेतर्फ उन्मुख भएको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको थिंक ट्यांक लोवी इन्स्टिच्युटको एसिया पावर