फिल्म अवार्डको नाममा फोहोरी खेल

२८ मंसिर २०६९, बिहीबार ०९:०६ मा प्रकाशित

जसको पूरा जीवन कलाकारिता क्षेत्रप्रति समर्पित छ, जसको अन्य कुनै पेसा र क्षेत्र नै छैन र जो कलाकारिता देखाएर आएको पारिश्रमिकबाट जीवनलाई अगाडि बढाइरहेको छ । रहरे कलाकारहरूलाई त कलाकारिताबाट आएको पारिश्रमिकले कुनै मूल्य नराख्ला तर, सबै कलाकारितामा खर्चेका लागि पारिश्रमिक थोरै होस् या धेरै त्यसको मूल्य अनि मान्यताको लेखाजोखा नै हुँदैन । पारिश्रमिक दिन्छु भनेर कला प्रस्तुत गर्न लगाउने अनि पारिश्रमिक दिने समयमा आयोजक नै लापत्ता भएपछि त्यो कलाकारको अवस्था कस्तो होला ? ठूला कुरा गरेर कलाकारलाई ढाँट्ने कार्यक्रम आयोजक पनि कस्ता होलान् ?
कुरा गत हप्ताको हो । दुबईमा आयोजना हुने फिल्म अवार्डको नाममा कलाकारहरूलाई उता लैजाने र उता जान थुपै्र व्यक्तिहरू लालायित थिए । चलेका कलाकारहरू पनि लैजानुपर्ने नत्र उता टिकट बेच्न गाह्रो हुने समस्या पनि आयोजकलाई नभएको होइन । यसैबीच दुई चलेका हास्यकलाकार दीपकराज गिरी र दीपाश्री पनि जाने भए उता तर एउटा सर्तमा मात्र । सर्त थियो पहिला यहाँ आयोजकले गरेको कार्यक्रममा प्रस्तुति प्रस्तुत गरेबापतको पारिश्रमिक लिन बाँकी नै थियो । दुई वर्षअगाडिको पारिश्रमिक नपाएको यो जोडीले कसरी विश्वास गर्ने कि अब पारिश्रमिक दिन्छन् भनेर । त्यसैले पहिलाको पारिश्रमिक नलिईकन आफूहरू नजाने सर्त राख्नु यिनीहरूको बाध्यता थियो । आयोजकले पनि एयरपोर्टमा नै पारिश्रमिक दिने र उतैबाट दुबई जाने वाचा गरेअनुरूप दीपक र दीपा तयारीका साथ एयरपोर्ट पुगे । मङ्सिरको जाडोमा रातिसम्म कुर्दा पनि आयोजकको अत्तोपत्तो भएन र उनीहरूको समय कुर्दामा नै बित्यो । आयोजकको न त अनुहार देखियो न त पारिश्रमिक नै मिल्यो यिनीहरूलाई । यसरी नेपालका प्रतिष्ठित कलाकारहरूको यस्तो हविगत बनाउने आयोजकको कार्यक्रमबाट अरूले के सन्देश पाउने अनि दर्शकमा कस्तो सन्देश गयो होला ? सहजै अनुमान लगाउन सकिन्छ ।
दीपक र दीपा नगएपछि बजारमा आयोजककै तर्फबाट अर्को हल्ला चलाइएको थियो– दीपालाई भिसा नै लागेन । दुबईलाई नै संसार ठान्नेहरूलाई थाहा रहेन छ कि अब दीपाले पुग्नुपर्ने देश कुनै बाँकी नै छैनन्, जसलाई दुबईको भिसा नलागोस् । अमेरिका, अस्टे«लिया, बेलायत वा युरोपभन्दा दुबईको भिसा कडा हो भने आयोजकको कुरा सही नै होला नत्र पारिश्रमिक माग्यो भनेर अरूको क्रेज वा क्यारियरसँग खेल्ने छुट भने कसैलाई पनि नहोला ।

प्रतिक्रिया
सम्बन्धित खवर

सन्नी लियोनीको करियरले बलिउडमा खासै प्रभाव पार्न सकेको छैन । उनी कहिलेकाहीँ दक्षिण भारतीय फिल्ममा देखिने गर्छिन् । उनले यसका

उर्वशी रौतेला फिल्मभन्दा सामाजिक सञ्जालमा सक्रिय छिन् । उनको सौन्दर्य, हटनेस र फिगरका लाखौं फ्यानहरू छन् जसले उर्वशीको हरेक कार्यमा

काठमाडौं। गायिका ज्योति मगर आफ्नो ‘बोल्ड’ व्यक्तित्वका कारण चर्चामा आइरहन्छिन् । स्टेज कार्यक्रमहरूमा मात्र आफ्नो आकर्षक प्रस्तुति दिने होइन, उनी

काठमाडौं। भारतीय टेलिभिजन अभिनेत्री शमा सिकंदरले बलिउड अभिनेत्री सनी लियोनीको फोटोसुट कपी गरेकी छिन् । शमाले पनि आफ्नो न्यूड फोटो