म शासक होइन, त्यसैले सत्ता र शक्तिको मदमा फस्दिनँ : राष्ट्रपति यादव

२८ मंसिर २०६९, बिहीबार ०८:५६ मा प्रकाशित

मुक्तिनाथ भुसाल, अर्घाखाँची, २८ मंसिर । राष्ट्रपति डा. रामवरण यादवले सबैदलहरुलाई एकै ठाउँमा राखेर देशको निकास दिन आफु लागिपरेको बताउनुभएको छ । अर्घाखाँचीको हरिहर संस्कृत तथा साधारण उच्च माध्यमिक बिधालय पोखराथोकमा बुधबार हिरक महोत्सव तथा ११२ औ हरिहर जयन्ती समारोहको उद्घघाटन गर्दे उहाँले यस्तो कुरा बताउनुभएको हो । राष्ट्रपति यादवले भन्नुभयो,  ‘भैंसी गोठालो हुँदै आएको म जनताको छोरो कहिल्यै सत्ताको लोभ र शक्तिको मदमा फस्दिनँ, शासन गर्न भनेर आउने मात्र त्यस्तोमा फस्छ, अहिले देश संकटमा छ, म त निकाश दिन आएको हुँ, समाधान गरेरै छाड्छु ।’ अहिलेको समय इतिहासको घडीमा कठिन समय रहेको बताउँदै उहाँले लोकतन्त्रलाई संस्थागत गर्ने नसकेको कारण देशमा असहज स्थिति उत्पन्न भएको उल्लेख गर्नुभयो । जातजाती र क्षेत्रियताको आधारमा मात्र नभई समग्र नेपालको हितको लागी सबै नेपाली एकजुट हुनुपर्ने उहाँको कथन थियो । सोहि अबसरमा शिक्षामन्त्री दिनानाथ शर्माले युगसापेक्ष शिक्षा क्षेत्रको बवकास गर्न नसक्दा शिक्षा क्षेत्रमा बिकृति उत्पन्न भएको उल्लेख गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

धनगढी।नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बिरबहादुर बलायरको जीत सुनिश्चित भएको छ । प्रदेश कार्यसमितिका लागि भएको मतदानमा ९७

काठमाडौं संविधानका प्रमुख सिद्धान्त गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई अस्वीकार गर्दा पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा शिर्ष नेताका छोराछोरी नयाँ कमिटीमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न एकता महाधिवेशनबाट

आजको प्रमुख समाचार