मुस्ताङको १६ वटै गाविसमा हिमपात शुरु

२८ मंसिर २०६९, बिहीबार ०७:३३ मा प्रकाशित

चन्द्रश्वर बस्ताकोटी, मुस्ताङ, २८ मंसिर । मुस्ताङमा हिमपात शुरु भएको छ । यो बर्षको हिउँदमा पहिलो पटक बुधबार विहानैदेखि जिल्लाका १६ ओटै गाविसमा हिमपात भयो । बुधबारकै दिउँसोदेखि भने हिमपात हुन छाडेको छ । हिमपातपछि घाम लाग्दा हिउँ खेल्नेहरु समेत सदरमुकाम जोमसोममा प्रसस्तै देखिन्थे । मुस्ताङ आउने पर्यटक समेत हिउमा खेल्न पाउँदा दंग परेका थिए ।
बिहानैदेखि भएको हिउँबर्षा बिहान ९ बजेसम्म भइरहेको थियो । फेरि पनि हिमपात हुन सक्ने भन्दै स्थानीय बासिन्दा दाउरा घाँसको जोहो गरेर बसेका छन् । हिमपातका कारण अन्न, खेतीवाली, स्याउ, तरकारी राम्रो हुने भएकाले किसानहरु खुसी देखिएका छन् । हिमपातसंगै मुस्ताङ अत्यधिक जाडो बढेको छ । हिमपातले अहिलेसम्म कतै क्षती पुर्याएको जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उपल्लो मुस्ताङका सबैजसो विद्यालय र तल्लो मुस्ताङका अधिकांश बिद्यालयहरु बन्द छन् । हिमपातका कारण मोटरबाटोमा अहिलेसम्म कुनै समस्या आएको छैन । यसैविच म्याग्दीको हिमाली क्षेत्र गुजा, मुदी लगायतका क्षेत्रमा समेत हिमपातसंगै बर्षा भएको छ । लोमन्थाङ, मुक्तिनाथ, जोमसोम, लेते सबै ठाउँमा हिउबर्षा भएको हो भने लेतेको घासामा बर्षा भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

जनकपुरधाम।नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

आजको प्रमुख समाचार