मनोमानी घर–जग्गाको भाडावृद्धिको विरोध

२८ मंसिर २०६९, बिहीबार ०६:५६ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २८ मंसिर । केही समय यता रुपन्देहीका बुटवल र भैरहवा क्षेत्रमा रहेका औद्योगिक, ब्यापारीक, आवास लगाएतका क्षेत्रमा मनोमानी ढंगले अत्यधिक रुपमा घर तथा जग्गाको बहाल बृद्धी भएकोमा नेपाल घरभाडा सरोकार संघ रुपन्देहीको ध्यान आकृष्ट भएको जनाएको छ । बुटवल औद्योगिक क्षेत्र, भिम अस्पताल भैरहवा लगायतका सरकारी क्षेत्रमा र अन्य गैरसरकारी स्थानमा भएका अत्यधिक घरबहाल बृद्धीप्रति नेपाल घरभाडा सरोकार संघ रुपन्देहीले यो कार्य जनतामारा काम आज संघका अध्यक्ष द्धारा जारी बिज्ञेप्तीमा भनिएको छ । घरधनी तथा जग्गाधनी र सरकारी कार्यालय समेतले गरेको स्वेच्छाचारी कार्यको घोर बिरोध गर्दछौँ साथै यसरी जनताको ढाड सेक्नेगरि भएको घर तथा जग्गाको बहाल बृद्धी तत्काल फिर्तालिन आग्रह गर्दछौँ । अन्यथा हामी आन्दोलनमा उत्रिनुको बिकल्प नरहेको पनि चेतावनी दिन चाहान्छौँ , बिज्ञेप्तीमा भनिएको छ ।
बुटवल औद्योगिक क्षेत्रमा उद्योगीसँगको सम्झौता बिपरित आवश्यक छलफल र परामर्श बिना स्वदेशी उद्योगलाई धरासायी पार्ने उद्देश्यले १४ सय प्रतिशत सम्म भाडा बृद्धी हुनुलाई राष्ट्रिय उद्योगीलाई बिस्थापित गर्ने नियतले उद्दत रहेको हाम्रो भनाई रहेको छ उक्त बिज्ञेप्तीमा उल्लेख गरिएको छ । सरकारको र औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेडको यो चरम बेथिती रहेको ठहर गर्दै तत्काल रोक्न सम्बन्धीत निकायलाई आग्रहका साथ औद्योगिक क्षेत्रका उद्योगीहरुको आन्दोलन प्रति एक्यबद्धता ब्यक्त गर्दछौ भनिएको छ । सरोकारवाला पक्षसँग समन्वय गरि आवश्यक परामर्श र छलफल पश्चात मात्र तत्सम्बन्धमा तत्काल ब्यबहारिक निति अवलम्बन गर्न अस्पताल प्रशासनलाइ आग्रह गर्दै ब्यबसायीलाई बिस्थापित गर्ने, ब्यबसाय धरासायी पार्ने रणनिति बिरुद्ध सम्पुर्ण एकजुट भै संघर्ष गर्न समेत सबैमा हार्दिक अपिल गर्दछौ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

आजको प्रमुख समाचार