बिक्री गर्न लागिएका अवैध सामान पक्राउ

२८ मंसिर २०६९, बिहीबार ०६:५० मा प्रकाशित

रुपन्देही, २८ मंसिर । इलाका प्रहरी कार्यालय बुटवलले चेकजांचलाई प्रभावकारीबनाउने क्रममा अवैधरुपमा उत्पादन गरी विक्रिका लागि लैजादै गरिएको घरेलु मदिरा, कपडा, चिनी, मोबाइलका पार्टपुर्जा पक्राउ गरेको दाबी गरेको छ । प्रहरीले सुनौलीबाट बसमा ल्याउदै गरेको ५० हजार मुल्य बढीको मोबाइलका पार्टपुर्जा, पोका पोका गरी एक क्वीन्टल परिणामको चिनी र ४४ थान स्टिल प्लेट , मक्रहरको गणेशनगर प्रतीक्षालयबाट १ सय ३० लिटर घरेलु मदिरा र नवलपरासीतिरबाट ल्याउदै गरेको ४ सय मिटर कुर्ता सुरवालको कपडा पक्राउ गरेको हो । साथै प्रहरी नवलपरासीको गैडाकोट स्थित साइन्स बोर्डिङ स्कूलमा अध्ययनरत ६ जना छात्रहरु भारत जान लागेको अवस्थामा फेला पारी अभिभावकको जिम्मा लगाएको छ । प्रहरी कार्यालयले बुटवलमा पत्रकार सम्मेलन गरी उक्त सामान सार्वजनिक गर्नुका साथै घरेलु मदिरा नष्ट गरेको हो । सो अवसरमा इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी लक्ष्मण वैदवारले शान्ति सुरक्षा कायम राख्न चेकचांचलाई कडा बनाइएको बताउनुभयो । उहाले लागुऔषध,घरेलु मदिराको अवैध कारोबारलाई नियन्त्रण गर्न प्राथमिकता दिइएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

झापा।जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै

तनहुँ। दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो

कञ्चनपुर।भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन

आजको प्रमुख समाचार